स्वस्तिश्री गुरुकुलले सुरु गर्यो अनलाइन कक्षा

प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार

काठमाडौं । अत्याधुनिक सुबिधा सहित अन्तरास्ट्रिय स्तरको शिक्षा दिने उदेस्यले सानो भरयाङ्ग, काठमाडौँमा खोलिएको स्वस्तिश्री गुरुकुलले विद्यार्थीलाई घर घरबाटनै अनलाइन कक्षाको व्यवस्था गरेको छ । त्यसका लागि लकडाउन सुरु भएदेखि नै शिक्षक, कर्मचारीलाई आवश्यक तालिम सम्पन्न गरेको र उच्च प्रविधिको प्रयोग गरेर अनलाइन कक्षा र शैक्षिक गतिविधि हुँदै गरेको जानकारी स्वस्तिश्री गुरुकुलले दिएको छ ।

कोभिड–१९ संक्रमणको कारण सरकारले घोषणा गरेको लकडाउनका कारण स्कुलहरु बन्द भएको र आगामी शैक्षिक सत्र ०७७ को लागि विद्यालय खुल्ने दिन अझै अनिश्चित भएपछि स्वस्तिश्री गुरुकुलले कक्षा नर्सरी देखि १० सम्मका विद्यार्थीलाई सूचना प्रविधिमार्फत यही बैशाख ३ गतेबाट अनलाइन कक्षा र शैक्षिक गतिविधि सुरु गरेको हो । स्वस्तिश्री गुरुकुलले संचालन गरेको अनलाइन कक्षा र शैक्षिक गतिविधिमा बिधार्थीहरु र शिक्षकहरु बिचको संबाद, श्रब्य-दृश्य सामाग्रीहरुको आदनप्रदान, बिधार्थीहरुको सक्रिय सहभागिता प्रत्यक्ष देखेका अभिभावकहरुले उक्त कार्यको खुलेर प्रशंसा गरेको कुरा स्वस्तिश्री गुरुकुलका प्राचार्य डा हिमलाल घिमिरेले बताउनु भयो ।

आफ्नै जग्गामा अन्तरास्ट्रिय स्तरको भौतिक संरचनाको निर्वाण गरि वातानुकुलित तथा उच्च प्रबिधि सहितको कक्षा कोठा, बार्है महिना खेल्न मिल्ने तातो पानी सहितको पौडी पोखरी, फुटसल लगायत खेलकुदको राम्रो प्रवन्ध भएको स्वस्तिश्री गुरुकुलमा दक्ष, अनुभवी, तालिमप्राप्त शिक्षक तथा कर्मचारी छन् । नेपाली अभिभावकहरुको गुणस्तरीय शिक्षाको चाहनालाई पुरा गर्ने उदेस्यले खोलियको अन्तरास्ट्रिय स्तरको यस स्कुलमा पूर्व प्राथमिक तह देखि कक्षा ९ सम्म भर्ना खुलेको जानकारी स्वस्तिश्री गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकारले बताउनु भयो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट