अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नघ्यो, २४ घण्टामै थपिए ११ हजार बढी नयाँ बिरामी

प्रकाशित मिति: १३ चैत्र २०७६, बिहीबार

पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र भइरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६४ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको कुल संख्या ९ सय ४४ पुगेको छ ।

अमेरिकाको न्यूयोर्क विश्वमहामारीको अर्को केन्द्र बन्न सक्नेमा विज्ञहरूले चेतावनी दिइरहेका छन् । न्यूयोर्कमा भेन्टिलेटर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री अब १० दिनलाई मात्र पुग्ने चेतावनी दिइसकेको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार मात्रै अमेरिकामा ११ हजार १९१ जना नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म अमेरिकामा संक्रमित हुनेको संख्या ६६ हजार ४८ पुगेको छ । तीमध्ये ३९४ जना पूर्ण रुपमा निको भइसकेका छन् ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिले अमेरिकामा ६४ हजार ७१० जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये १ हजार ४५२ जनाको अवस्था गम्भीर रहेको छ ।

गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका करिब मुलुकमा फैलिसकेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली