रसुवागढी र तातोपानी नाकाबाट आयात निर्यात सुचारु गरिने

प्रकाशित मिति: १३ चैत्र २०७६, बिहीबार

स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनको रसुवागढी र तातोपानी नाकाबाट सामान आयात निर्यात कार्य सुचारु गरिने भएको छ । आयात निर्यात सुचारु गर्न आवश्यक समन्वय गृह र अर्थ मन्त्रालयले गर्नेछ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

विदेशी नागरिकलाई फर्काइने

बैठकले नेपालमा रहेका विदेशी नागरिकलाई आफ्नो मुलुक फर्काउने भएको छ । नेपालका विभिन्न स्थानमा रहेका विदेशीलाई हवाई उद्धार गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर सम्बन्धित मुलुक फर्काइने बैठकले निर्णय गरेको छ ।

विदेश फर्कीजान उडानको समय नमिलेको अवस्थामा सो अवधिभर विमानस्थल नजिकैको होटलहरुमा सेल्फ क्वारेन्टाइनमा राखिने जनाइएको छ ।

गोरखापत्र दैनिक

 


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली