फ्रान्सबाट बारा पुगेका २ जना कलैया अस्पतालमा, मकवानपुरका दुइजना प्रहरी सम्पर्कमा

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार

चैत ४ गते फ्रान्सबाट त्रिभुवन विमानस्थल हुदै
बारा पुगेका दुई जनालाई जिल्ला अस्पताल कलैयामा राखिएको छ। चैत ४ गते उनिहरूसंगै नेपाल आएकी एक युवतीलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि प्रहरीले सो जहाजबाट आउनेको खोजीकार्य गरिरहेको छ।

सोही क्रममा बाराका दुई जना पनि रहेको भेटिएपछि उनीहरुलाई प्रहरीको सहयोगमा अस्पतालमा लगिएको बारा प्रहरीले जनाएको छ। उनिहरूलई क्वारेन्टाइनमा राखेर नमुना परीक्षण गरिने तयारी भइरहेको बारा प्रहरी प्रमुख कृष्ण पंगेनीले जानकारी दिएका छन्।

त्यसैगरी सोहि प्लेनबाट नेपाल आएका मकवानपुरका २ जना प्रहरीको‌ सम्पर्कमा आएको बुझिएको छ।
ति युवतीसंगै नेपाल आएका हेटौंडा १२ का रामचन्द्र ढकाल र मकवानपुरगढि गापा सुकौरा निवासि विष्णु अधिकारी मकवानपुर प्रहरीको सम्पर्कमा आएको मकवानपुर प्रहरीका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले बताएका छन्। उनिहरू मध्य ढकाल घरमा रहेको र क्वालेन्टाइनमा राख्ने तयारी भइरहेको जनाइएको छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली