विश्वभर कोरोना भाइरस तीव्र रूपले फैलिरहेको डब्लुएचओको चेतावनी

प्रकाशित मिति: ११ चैत्र २०७६, मंगलवार

एजेन्सी, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको भन्दै चेतावनी दिएका छन् । पछिल्लो समय यसको फैलावट दिनेपिच्छे व्यापक बन्दै गएको छ । अहिले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै उनले अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन् । यसका लागि वेलैमा गम्भीर भएर कदम चाल्नुपर्ने डब्लुएचओको भनाइ छ । प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याएर यसको फैलावटको गति कम गर्न सकिने उसले बताएको छ ।बीबीसीका अनुसार चीनको वुहानमा कोरोना भाइरसको पहिलो केस भेटिएको ६७ दिनपछि १ लाखमा मानिसमा यसको सङ्क्रमण फैलिएको थियो । विश्वभरि संक्रमितको संख्या दुई लाख पुग्न अर्को ११ दिन लाग्यो भने तीन लाख पुग्न जम्मा ४ दिन लाग्यो । यो भनेको पछिल्लो ४ दिनमा मात्र एक लाख नयाँ संक्रमितहरू देखापरेका हुन् । यसबाट यसको फैलावटको गति सजिलै अनुमान गर्न सकिन्छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली