कोरोनाबाट इटालीमा एकैदिन ३४६ को मृत्यु, ज्यान जानेको संख्या २५०० नाघ्यो !

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

५ चैत, काठमाडौं । इटलीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान जानेको संख्या २ हजार ५ सय नाघेको छ ।

इटलीमा बितेको २४ घण्टामा थप ३ सय ४६ कोरोना संक्रमितको ज्यान गएको छ । यो एकै दिन भएको अहिलेसम्मकै उच्च मृत्यु हो । योसँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ३ पुगेको छ ।

वर्ल्डओमिटर्सका अनुसार, ३१ हजार ५ सय ६ जना संक्रमित छन् । बितेको २४ घण्टामा मात्रै २ हजार ५ सय ३ मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित २ हजार ९ सय ४१ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् ।

उता, कोरोनाबाट स्पेनमा ज्यान गुमाउनेको संख्या ५ सय ३३ पुगेको छ । फ्रान्समा १ सय ७५ र जर्मनीमा २६ जनाको ज्यान गएको छ ।

संक्रमणदर घट्दो क्रममा रहेको चीनमा भने पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली