कोरोना सतर्कत : एसइइ परीक्षामा ‘हेल्थ डेस्क’ !

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

काठमाण्डौ, चैत्र ५ गते
सरकारले भोलीदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइइ नरोक्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएकाले एसइइ नरोक्ने स्पष्ट पार्नुभएको हो ।

यसै महिनाको ६ देखि १७ गतेसम्म हुने परीक्षामा देशभरका कुल चार लाख ८२ हजार दुई सय १९ परीक्षार्थी सहभागी हुनेछन् । त्यसका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ । पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको मन्त्री पोखरेलले बताउनुभएको छ ।

विद्यार्थीलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि सात सय ५३ वटै स्थानीय तहलाई अनुरोध गरिसकिएको उहाँले बताउनुभयो । मन्त्रालयले शैक्षिक सत्र २०७७ को निम्ति तत्काल कुनै विद्यालयले नयाँ भर्ना नलिन पनि अपिल गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम तथा सन्त्रास बढिरहेको हुँदा चालू वर्षको परीक्षा सकिएलगत्तै भर्ना नखुलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अपिल गरेको हो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली