अनिदा अक्षरहरु

प्रकाशित मिति: १० फाल्गुन २०७६, शनिबार

अक्षरका शब्दहरूले ब्युँझाएपछि
ब्युँझिएकाे मन
गतिशील भएकाे मस्तिष्कमा
निकास हराएर
खाेज्दा खाेज्दै निदाउन नसकेपछि
अक्सर आँखा काँचा नै हुन्छन

अनिदाे रातका सिर्जना पनि
निदाएकाे हुँदैन
र त अनिदाे लाग्छन शब्दका जून तारा
अनिदाे लाग्छ शब्दकाे आकाश
अनिदाे लाग्छ शब्दकाे सिरेटाे
शान्त हुँदैन खुला आकाशमुनि बतास
छिनमा सुनसान भइदिन्छ
छिनमा सुस्केरा हाल्दै ठाेकिन्छ
कानका भित्ताहरूमा
जात्रामा हुलबाँधेर दाैडिरहेका मान्छेजस्तै

रातकाे समय हाे
निदाउनेहरू त निदाउँछन् नै हाेला
तर ननिदाउनेहरू
सायद हेरिरहन्छन् बार्दली र काैशीमा उभिएर
ब्यूँझिरहेकाे जून
जगाउँछन आफुभित्र सिर्जनशील मशान

रंगाउन थाल्छन कागजका खालीपानाहरू
जन्माउँछन सृजनाका हरेक अक्षरमा
थाेपा थाेपा आँसु खिपेर
आँसुका थोपा- थोपामा उँनिएर
मुटुका मर्महरू

जहाँ रहर भेटिन्छ
कुन्ठा भेटिन्छ
बिद्राेह, प्रेम, बिरह र विरक्ति भेटिन्छ
असन्ताेष र द्वन्दका काैतुहलता भेटिन्छ
समग्र खगाेलका पीडा र खुसी भेटिन्छ

सेता पानामा तुँनिएका तिनै अक्षरहरूमा
छायामा परेर पनि
लेखकले
घरका रंगिन भित्तामा लुकेकाे प्राईमरजस्तै
बचाउँछ कसैको अतुलनीय अस्तित्व
भुवन शिवाकाेटी “चाैघरे”
काठमाडाै


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली