नेपाल घुम्न आउने विदेशि पर्यटक र नेपाली पर्यटक समानलाई शुल्क हुनुपर्छ : एनआरएनए लक्जम्बर्ग अध्यक्ष हरि खत्री

प्रकाशित मिति: ९ फाल्गुन २०७६, शुक्रबार

एनआरएनए लक्जम्बर्गका अध्यक्ष हरि खत्रीसग १३ दिने नेपाल भ्रमणको समयमा नेपाल भ्रमण बर्ष २०२०को विषयमा केन्द्रित रहेर गरिएको विषेश कुराकानी
१) हरि खत्री ज्यू हजुरलाई जननी नेपालमा स्वागत छ ।
* धन्यवाद छ जननी नेपाललाई

२) हजुर अहिले नेपाल आउनुको मुख्य उद्देश्य के हो ?
* म अहिले नेपाल विदेशि पाहुना लिएर आएको छु , यसको मुख्य उद्देश्य भनेकै नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउनु हो ।

३) नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउन हजुरको र एनआरएनए भुमिका के कस्तो हुन्छ ?
*संसार भर छरिएर बसेका सम्पूर्ण नेपालीहरुले नेपालमा के कसरी धेरै भन्दा धेरै पर्यटन भित्र्याउने भन्ने कुरा एनआरएनएले उठाएको प्रमुख विषय हो । यसलाई संसारभरका नेपालीहरुले सहयोग गरिरहनु भएको छ । हामी लक्जम्बर्ग बस्ने सम्पूर्ण नेपालीहरु पनि यही अभियानमा लागि रहेका छौँ । त्यस्तै जनवरी एक तरिकको दिन पन्चेबाजा सहीत लक्जम्बर्ग मेन सेन्टरमा भव्य कार्यक्रम गरेर त्यहाँका नागरिकहरुलाई फ्लेगहरु बाँडेर हजुरहरु नेपाल घुम्न जानुस है भनेर नेपाल भ्रमण वर्ष २०२०को सुरुवात गरिसकेका छौँ । म अध्यक्ष भएको हैसियतले नेपाल भ्रमण वर्षलाई सफल बनाउन जनवरि महिना पर्यटनको सिजन नभएता पनि विदेशि पाहुना लिएर नेपाल घुमाउन आएको छु ।

४) प्राकृतिक र सांस्कृतिक हिसाबले नेपाल संसारकै देश भनिन्छ , यसरी विदेशि पर्यटकलाई घुमाई रहदा उनीहरुको कस्तो प्रतिक्रिया रहेको छ त ?
* नेपाल प्राकृतिक,धार्मिक,सांस्कृतिक पक्षले अत्यन्तै सुन्दर भए पनि सरसफाईमा चाही निकै कमजोर भएको र नेपालको प्रमुख शहरहरुमा सार्वजानीक ट्वाईलेट र ठाँउ ठाँउमा फोहोर फाल्नलाई उचित व्यवस्था नभएको प्रतिक्रिया दिएका छन् ।

५) नेपालमा पर्यटन विकाशका लागी अहिलेको पूर्वाधारहरु प्रयाप्त छन् त , ? यदी छैन भने के कस्ता पूर्वाधारहरु र्निमाण गर्नु पर्दछ ।
* प्रमुख र तत्काल नै र्निमार्ण गर्नु पर्ने पुर्वाधार भनेको सरसफाई संग सम्बन्धित हो । र विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रमा प्रवेश गर्दा लाग्ने शुल्कमा नेपाली पर्यटकलाई भन्दा बिदेशि पर्यटकलाई अत्याधिक महँगो छ , त्यसमा समान शुल्क हुनुपर्छ । हामी नेपालीहरु बिदेशमा जाँदा घुम्न जाँदा समान शुल्क हुन्छ । भने नेपाल घुम्न आउने विदेशि पर्यटकलाई भने असमान व्यहार गरेको देख्दा मन खिन्न हुन्छ ।

६) हजुर युरोपको विकसित देशमा बस्नु भएको छ, युरोपियन र संस्कृति र नेपाली संस्कृतिमा कस्तो भिन्नता पाउनु भएको छ ?
* हाम्रो नेपाली संस्कृति पिता पुर्खा देखी जस्तो चल्दै आएको त्यस्तै हामीले मान्दै आएका छौ र विदेशमा बस्ने नेपालीहरुले पनि एक ठाँउमा जम्मा भएर दुख सुख साट्दै नाँच्दै गाँउदै रमाइलो गदै आत्मीयता बाड्छौ नेपाली भाषा संस्कृतिलाई देश विदेशमा प्रचारप्रसार गर्छौ । तर युरोपियनहरु श्रीमान् श्रीमति पनि चित्त नबुझे सानो कुरामा पनि सम्बन्ध बिछेद गर्छन । नेपालीको भने सबै जना एउटै परिवार, एकै समुहमा मिलेर बस्ने संस्कार छ, युरोपियनहरु आफ्नो ब्यक्तिगत पाराले बस्ने गर्छन तर राज्यको निति नियम र कानुन बोमोजिम चल्ने गर्दछन् र सरसफाईमा उनीहरु हामी नेपाली भन्दा धेरै अगाडि छन् ।

७) धेरै धेरै धन्यवाद हजुरको अमुल्य समय र मिठो संवादको लागी
* मेरो आफ्नो विचार राख्न दिनु भएकोमा यस जननी नेपाल प्रति आभार प्रकट गर्दछु ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्दै

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा

दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

ॐ लेख्दै वि.सं. २०७७ असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने