भारतलाई नेपालको तराई होईन हिमाल पहाड चाहीएको छ : कांग्रेस नेता उदयकान्त यादव

प्रकाशित मिति: ४ माघ २०७६, शनिबार

नेपालको वर्तमान राजनीतिक, तराई प्रति भारतको दृष्टिकोण, कालापानीको सम्बन्धमा केन्द्रीत भई नेपाली कांग्रेसका नेता उदयकान्त यादवसँग गरिएको विशेष कुराकानी प्रस्तुत छ ।
१) नेता ज्यू हजुरलाई जननी नेपालमा स्वागत छ ।
* धन्यवाद छ जननी नेपाललाई

२) नेता ज्यू हजुरको आफ्नो व्यक्तिगत राजनीति जीवन कसरी चलेको छ ?
* मेरो व्यक्तिगत राजनीति जीवनको कुरा गर्ने हो भने विद्यार्थीकाल देखि नै डेमोक्रेसी प्रति आस्था राखेर नेपाली कांग्रेसमा जोडिए र अहिलेसम्म जनताको सेवा गर्नको लागी तत्पर छु र गरीरहेको छु । मैले राजनीतिलाई सेवाको रुपमा लिन्छु र सेवा नै धर्म हो भनेर सम्पुर्ण जीवन नै नेपाली जनताको सेवा गरेर नै बिताउने इच्छा छ ।

३) कहिले देखि नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गर्नु भयो ?
नेपाली कांग्रेसको राजनीति भन्दा मेरो पुर्खौली नै कांग्रेस हो । म व्यक्ति गत रुपमा २०४६ सालको आन्दोलनको बेला रौतहटको यमुनामाई माविमा कक्षा सातमा पढ्दा होस्टेलमै बस्थे र त्यही बेला कक्षा नौ र दशको विद्यार्थीहरुसग आन्दोलमा गए र व्यक्तिगत रुपमा नै नेपाली कांग्रेसलाई झेँ अनी राजनीतिमा लागेर देशको सेवा गर्नुपर्छ भन्ने सोचेर २०४६ साल देखि कांग्रेसमा लागे ।

४) अहिले देशको राजनीतिक अवस्थाबारे केही बताई दिनुसन?
* अहिले देशको अवस्था भन्नुहुन्छ भने एकदमै क्रिटीकल छ सोचनिय र दयनिय छ । एउटा पार्टीलाई जनताले स्पष्ट बहुमत होइन की दुई तिहाइको नै बहुमत दिएको छ । तै पनि जुन गतिमा हाम्रो सरकारले काम गर्नु पर्थ्यो जनताहरुको हक हितमा त्यो भएको छैन । हरेक हिसाबले हेर्दा अहिलेको सरकारले कस्को इन्ट्रेसट्मा आफ्नो होकी, भोली हामीले यसरी शासन गर्ने पाउछौँ भनेर होकी या बाहिरी शक्तिको इन्ट्रेसट्मा होकी अरु कुनै इन्ट्रेसट्मा हो? हरेक कुरामा अंकुश लगाएर जनताको हक अधिकार विपरित काम गरीरहेको छ । हाम्रो देशको संविधानले के भन्छ भने नेपालमा बहुलबादको सिस्टम छ , भन्नाले नेपालमा जुन डेमोक्रेसी छ त्यो बहुलबादको छ र डेमोक्रेसीको मान्यता जनतासँग जोडिएको र जनताकै हक हितमा हुन्छ । डेमोक्रेसी एउटा व्यहारीक चिज हो र अल्पसंख्यक देखि लिएर बहुसंख्यक धेरै संख्यामा जोडिएको हुन्छ र त्यो हिसाबले जहिले पनि जनतालाई प्रमुख राखेर काम गर्नुपर्छ तर अहिले विधेयक जुन किसमिको आईरहेको छ र त्यसले के संकेत गर्छ भने यो सरकार त जनताबाट पुरै डरायको छ । जनताको हरेक अधिकारलाई अंकुश लगाउन खोजिएको छ । जस्तै भन्नुपर्दा अहिले तत्कालै आएको नागरिक विधेयक त्यसमा त सरकारले हरेक व्यक्तिको व्यक्तिगत सुचनालाई समेत आफ्नो रेर्कडका राख्न खोजेको छ । यसले गोपनियता समेतलाइ हेर्ने भयो यसको अर्थ तपाईको बेडरुममा समेत बेडरुम भन्नाले बुझिहाल्नु भया त्यही बेडरुमलाई समेत हेर्ने गरि विधेयक लिएर आएको छ । सरकार अहिलेको सम्र्पुण सोसल मिडियासँग समेत डराएर सुचनाको विधेयक ल्याउँदैछ । यो विधेयकले कस्तो हुन्छ भने तपाई सहि कुरा बोल्न सक्नुहुन्न प्रहरीले तपाईलाई पक्रिन्छ । सरकारको विरुद्धमा बोल्न पनि भएन , यो कस्तो भयो भने चाइनामा राजनीतिक बाहेक बाँकी सबै कुरामा हेर्ने हो भने त्यो डेमोक्रेसी संसारको थोरै मुलुकहरुमा होला । तर चाइनामा सरकार र शासन व्यस्थाको बिरोध गर्‍यो भने तुरुन्तै तत्काल तपाईलाई ल्याएर थुन्न सक्छ । भनाइृको अर्थ यो जति पनि भै रहेको छ कतै चाइनाको प्रभावमा त भएको होईन रु किन भने पुरै सिस्टममानै त्यस्तै देखियो फेसबुक लगायतको सोसल मिडिया ब्यान्ड गर्ने , सरकारको विरोधमा लेख्न नपाउने, आफ्नो अभिव्यक्ति राख्न नपाउने, डेमोक्रेसीको सबै भन्दा ठूलो मान्यता भनेको वाक स्वतन्त्रता हो र अहिलेको सरकारले सबै भन्दा पहिले दुई ओटै ओठमा ताल्चा लगाउन खोजेको छ । तपाई बोल्न सक्नुहुन्न । नेपाली कांग्रेस सभापतिले चुनाव अगाडि भन्नु भएको थियो यदी कम्यूनिष्टको सरकार आयो भने बोल्न, हाँस्न अझ रुन समेत पाईदैन त्यती बेला सबै नेपाली जनता र यदपि मेलै पनि त्यस्तो पनि काँही हुन्छ भनेर त्यो कुरालाई हाँसोमा उडाए तर अहिले त्यही भयो र जनताको सापेक्षमा अथवा पक्षमा यो सरकारले काम गरेको देखिएन आफ्नो मात्रै बचाउ र हाम्रो सरकारको बारेमा अरु देश विदेश यो डेमोक्रेटको शक्तिले नबुझोस म यहाँ जनताका हकमा काम गरिरहेको छैन भन्ने कुरा लुकाउनकै लागि यो चारैतिरबाट काँडेतार लगाएर रोक्न खोजिएको जस्तो हरेक विधेयक ल्याएको देखियो त्यही भएर म यो सरकारसँग सन्तुष्ट छैन । बरु म चिन्तित छु। यो सरकार किन यति डरायको छ । शासन पद्धति भन्ने कुरा आँउछ अनि जान्छ । एउटा कुरा के छ भने यो हामी माहाभारतमा र राममायण कालदेखि लिएर सारा आदर्शहरु जति छन् त्यो सबैमा के देखाँउछ भने सिंहासन भनेको प्रधानमन्त्री, राष्ट्रपति, ओभर रुल गर्ने जुन कुर्चि हुन्छ त्यो निधिपति हुन्छ र त्यो कुर्चिको उत्तरदायी जनतना नै हुन्छ त्यहाँ बस्ने मान्छे जनताको प्रतिनिधि हो भनाइको अर्थ प्रतिनिधि परिवर्तन हुन्छ । त्यो कुर्चिमा बसेपछि के सोच्छ भने अब म यसको निधिपति हो हामिले सुनेको कहानीमा इन्द्रलाई त हिरणकस्यपले हराएर ८ बर्ष सम्म जेलमा हालि सिंहासनमा बस्यो अनि त्यो हिरणकस्यपको पनि अन्त्य भयो त्यँही भएर म के भन्न चाहान्छु भने जो कोही प्रतिनिधिले बुझ्न प¥यो म निधिपति होइन प्रतिनिधि हो र यो संसारमा भएको हरेक कुराको अन्त्य हुन्छ । सरकार, शासन व्यवस्थाको पनि अन्त्य हुन्छ । यस अर्थमा म भन्न चाहान्छु की राजनीतिकको पनि आयु हुन्छ । त्यँही भएर एकैचोटी म भैहाले मैले जे गरे पनि हुन्छ भन्ने सोच्नु गलत हो । जनताको हकमा काम गर्दा जनताले फेरी उहाँलाई चुनिहाल्छनी, त्यो भएर जनतासँग डराउनु परेन जनताको माँझमा जानु प¥यो जनताको हक हितमा काम गर्नुपर्यो र यो सरकार जनतासँग डराएको छ र त्यँही भएर जनताको विरोधमा हरेक विधेयक ल्याउनु र जनतालाई कहाँबाट हुन्छ दुई ओटै ओठमा ताल्चा लगाउने तिर अग्रसर भै रहेको छ । यो देशको लागी डेमोक्रेसीको लागि शासन व्यवस्थाको लागि घातक हुन्छ ।

५) हजुरले त तराईबाट नेपाली कांग्रेसको राजनीति गर्नुहुन्छ , के भारतले तराई माथी आँखा लगाएकै हो त?
* वास्तवमा मलाई यो कुरा सुन्दा हाँसो उठ्छ म चिया खाने ठाँउ र साथीभाईको राजनीतिक गफ हुने ठाँउमा यो भन्ने गर्छु यदि भारतले आँखानै लगाउने हो भने चुरेमा लगाउँछ । हिमालको छाति चिरेर निस्केको पानी, जडिबुटीमा आँखा लगाउँछ , तराईको भू–भागमा किन आँखा लगाउँछ । म रौतहटको गौरबाट प्रतिनिधि गर्छु त्यहीँ भएर त्यहीँको उदाहरण दिन्छु । बर्रगेनिया भारतको सिमाना पर्‍यो र नेपालको सिमाना गौर प¥यो र अब गौर र बर्रगेनियाको सरफेस जमिनको बनावट एउटै छ त्यसमा केही फरक छैन । बास्मतिको चामल गौरमा पनि उब्जीन्छ बर्रगेनियामा पनि उब्जन्छि । यहाँ सम्म भन्ने हो भने हामी सँग भन्दा त उनीहरुको राम्रो दखल अन्दाजी छ आफ्नै वैज्ञानिक छ त्यो कारणले उनीहरुले हामीले भन्दा राम्रो उत्पादन गरेका छन् । अहिले पनि हामीले भारतको धना चामल किनेर खान्छौ भने उसले फोकटमा किन तराईको यो भू–भागलाई लिएर एक डेढ करोड जनसंख्यालाई आफ्नो बोझ बनाउन खोज्छ त? यो हुन सक्दैन यो असंभव चिज हो उसले थप किन बोझ लिन चाहान्छ त्यसैले यो विषयमा बहस गर्नु नै गलत हो । यो बहस बिच बिचमा उठेको थियो । मदेश छुट्टै देश बन्छ रे कसरी रु देश बनाउनको लागि छिमेकी राष्ट्रहरुले छुट्टै मान्यता दिनुपर्‍यो यो एउटा छुट्टै देश हुनु पर्छ भनेर । मानौ बन्यो भने नेपालले मान्यता दिदै दिदैन मेरो देश हो किन दिने, अनि तिन तिरबाट भारत छ । अब भारतले विभिन्न मालसामान देखि लिएर उसलाई आवश्यक पर्ने पानी,विधुत, बनजंगल, जडिबुटी र ढुगांहरु उसले फ्रिमा लान्छ भने एउटा अन्तराष्ट्रिय सिमा बिचमा राखेर झन्झट बोक्न चाहान्छ त? किनभने त्यो गौरको सामान उसलाई चाँहीदै चाँहीदैन उसलाई चाहीएको त चुरे माथीको मालसामान हो चुरे भन्दा तलको भू–भाग र उसको भू–भाग एउटा हो त्यँही कारण चुरे भन्दा माथीको मालसामानको आवश्यता भएको कारण कि सम्झौता गरेर या फ्रिमा लान पाउँछ भने उसले किन एउटा अन्तराष्ट्रिय सिमा स्थापित गरेर त्यसको अन्तराष्ट्रिय करहरु तिरेर भन्सार तिरेर फ्रिमा पाएको र सम्झौताको बलमा पाएको सामानलाई उसले अन्तराष्ट्रिय कर तिरेर किन लान खोज्छ त यो त कस्तो भयो भने आ बैल मुझे मार उसले किन आफ्नै टाउकोमा तरवार लटकाउन खोज्छ त? त्यही भएर यो कुरा असंम्भव हो यस्ता कुराहरुको बहस चलाउनु नै बेकार हो हाम्रो बुद्धीजिवि राजनीतिज्ञले आफ्नो स्वार्थ पुरागर्न र आफूलाई अलिकति चर्चामा ल्याउनको लागि जे पनि बोल्ने गरेका छन् यो त अति भो साँच्चै भन्ने हो भने यो त बहसको विषय नै होइन । भारतको आँखा होला भने चुरे भन्दा माथी होला चुरे भन्दा तल छैन यसको अर्को उदाहरण हुलाकी मार्ग हामी जन्मिनु भन्दा अगाडि देखिको हो भारतले बनाउछ भनेको हो तर अहिले आएर हाम्रै सरकारले बनाईरहेको छ किनभने भारतले त्यो सडक बनाएर उसलाइ केही फाइदा छैन । तर उसले मध्य पहाडी मार्ग दक्षिणकालि मार्गमा लगानी लगाउला उसले नयाँ नयाँ कुरा निर्माण गर्‍यो काठमाण्डौंमा ट्रमा सेन्टर बनाएर यो सरकारलाई हस्तान्तरण गर्‍यो तर तराईको कुन ठाँउमा ठूलो हस्पिटल बनाएको छ त रु त्यसैले यस्ता कुराहरुमा लाग्नु उचित होइन । उसले चुरे भन्दा माथिको जनताको मन जितेर त्यहाँबाट आफुलाई आवश्यक पर्ने मालसामान लिन मात्रै सम्झौता गरेको हो तर तराईमा नजर त के तेस्तो आँखा पनि लाउदैन भारतले ।

६) अहिले निकै चर्चामा रहेको कलापानीको बारेमा केही बताई दिनुसन
* अहिले कालापानीको चर्चा निकै छ । कालापानी नेपालकै भु–भाग थियो र अहिले पनि नेपालकै हो । तर वास्तविकतामा के रहेछ भने जुन अहिले विवादित रहेको भु–भागमा नेपालले नै १९६१मा जनगणना गरेको थियो । त्यो जनगणनाको रेर्कड अझै पनि भेटीन्छ । १९६२मा चाइना र भारतको युद्ध हुँने बेलामा भारतले आफ्नो सेना राख्नको लागि त्यो भु–भाग प्रयोग गर्नलाई नेपालसँग माग्यो या राम्रो सम्बन्धको कारण आफ्नो सेना त्यो भु–भागमा राख्यो युद्ध गर्ने सजिलो हुन्छ भनेर आफ्नो सेना राखेर बेश क्याम्प राख्यो र युद्ध गर्नकै लागि सेना आएर बसेको रैछ भन्ने प्रमाणहरु थुप्रै छन् । जब युद्ध समाप्त भयो धेरै चौकी हटायो तर कालापानीबाट हटाएन र नेपालले भारतलाई अब काम सकियो त्यो भु–भाबाट आफ्नो सेना र बेस क्याम्प हटाएर जानुस भनेन । सेनाको स्वभाव या भारतको स्वभाव भनौ अब बसेपछि मलाई यहाँबाट जा भनेकै छैन भनेर आफ्नो जरो गाडेर बसेको रैछ र अहिले आफ्नो नक्सामा पनि त्यो भु–भागलाई समेटेको रैछ । त्यो कारणले हाम्रो देशको जनताहरुले त्यो हुनु हुँदैन त्यो त हाम्रो भु–भाग हो हामीले नै र्फिता पाउँनुपर्छ भन्दै गर्दा पनि नेपालको प्रधानमन्त्रीले केही बोल्नु भएको छैन र धेरै दबावहरु परेपछि नेपालको प्रधानमन्त्रीले के भन्नुहुन्छ भने यो कुरालाई हामी बार्तबाट नै सल्टाउला, यो भन्नुको अर्थ मलाई लाग्छ १९९७, १९९८ देखि यो कालापानीको विषय उठ्ने गरेको पाइएको थियो । त्यसपछि निरन्तर २०१४ मा आएर अलि निकै भयो र अहिले आएर अलि बढि नै भएको छ । तर सरकारको पहल छ कि छैन थाहा छैन तर त्यो भू–भाग नेपालको थियो नेपालकै हो । अहिले म त्यँहाको एउटा कुरा भन्न चाहान्छु अहिले त्यहाँ बसोबास गरेको धेरै बुढापाखाहरुको नागरिकता नेपालको प्रशासले दिएको थियो र अहिले त्यहाँ नेपालको प्रशासन समेत छैन । भन्ने कुरा मैले विविसीमा सुने । विविसी हिन्दीको एउटा न्युज रिर्पोटरले त्यहीँ गएर त्यहाँको मान्छेहरुसँग कुराकानी गरेर साक्षात कार्यक्रम बजाएको थियो त्यहीँ कार्यक्रम सुनेको थिए । अहिले कालापानीमा नेपालको प्रशासन छैन र नागरिकता देखि लिएर हरेक कुराहरु भारतको प्रशासनले हेर्छ त्यो दुरभाग्यको कुरा हो । त्यो भू–भाग नेपालकै थियो र नेपालकै हुनुपर्छ भनेर नेपाल सरकारले यो कुराको आवाज उठाउनु पर्छ र भारत पनि एउटा असल छिमेकी बन्ने हो भने कालापानीको चारकीला प्रमाणित गरेर नेपाललाई जिम्मा लगाई दिनुपर्छ । तर भारतको कालापानी माथी कस्तो नजर छ त्यो त मलाई थाहा भएन । मैले भारतकै समाचारमा सुनेकोे त्यहाँको बुढापाखाहरुको नागरिकता नेपालको छ तर युवाहरुको नागरिकता भारतिय बन्दै छ र अहिले नेपालको प्रशास पनि छैन त्यती बेला थियो ।

७) के अहिले नेपालका राजनीतिज्ञहरुले साँच्चीकै नेपाल आमाको लागि सत्कर्म गरेका छन् त ? हजुरलाई वास्तवमै कस्तो लाग्छ
* हजुरले यहाँ एउटा शब्द प्रयोग गर्नु भयो नेपालको राजनीतिकहरुमा अब सबै पर्न सक्छ । यदी तपाईले सरकारको कुरा गर्नु भएको भए यो उच्च तहमा पुगेकाहरुको कुरा गर्नु भयो भने पूर्वप्रधानमन्त्रीको कुरा गर्नु भयो भने एउटा कुरा देशमा एकैचोटी ड्रास्टीक चेन्ज हुदैन, जुन पनि देशको संरचना तनसाहले नै र्निमाण गर्छ किनभने हतियारकै आडमा देशको एकीकरण हुन्छ । यो हामीले संसारको ट्रेनमा हेर्‍यौ भने पनि थाहा पाउछौँ । देश एकीकरण र्भइसके पछि त्यहाँको जनताको अधिकारको कुरा उठ्न सक्छ अनि डेमोक्रेसीको कुरा आउछ । डेमोक्रसी आईसके पछि त्यहाँ जानजाती जस्ता धेरै कुराहरु उठ्न सक्छ । त्यसैले गर्दा अहिले हाम्रो नेपाल थर्ड स्टेजमा आइसकेको छ । तर साँच्चिकै भन्ने हो भने पहिला आरोप लगाउने चलन थियो , राणा गर्न दिएन राजाले गर्न दिएन भने २०६४ सम्म हाम्रो आरोप थियो २०६४ पछाडि २०७२ सम्म यो भयो संविधान नै र्निमाण भएको छैन कसरी हुने भन्ने त्यहाँ सम्म पुग्दा पनि कसरी हुन्छ एक अर्कोलाई आरोप लगाउने बाटो थियो तर संविधान र्निमाण भै सकेपछि संविधनालाई टेकेर चुनाव भै सके पछाडि जुन दुई बर्ष पुग्न लाग्यो मैले सिदै भन्नुपर्दा नेपाल आमा प्रति या नेपाली जनताप्रति उत्तरदायी नेताहरुलाई देखिन नेताहरुले आफ्नो नजिक भएका मान्छे नातेदार अझै भन्न हुन्छ भने नेपालको राजनीति र राजनीतज्ञ पाकिस्तान तिर लम्कदैछ जो सँग पैसा त्यसलाई राजनीतिमा प्रवेश गराएर उसले व्यापार गर्न छोडेर राजनीतिमा आँउछ अनी मन्त्री बन्छ त्यसैले ठेक्का पट्टा गर्छ उसलाई कारवाहि कसले गर्ने रु हो यही कुरा जनताले लेख्यो भने विधेयक ल्याएर उसको मुख सिलाई दिनुपर्छ भन्ने नै हो । साँच्चिकै नेपाल आमा प्रति राजनीतिकज्ञहरु त्यती उत्तरदायी देखेको छैन् ।

८) नेपाल एउटा शास्त्र अनि ऋषिमुनिहरुले बास गरेको देश हो आज सम्म पनि शास्त्र पढिन्छ । तर अहिले आएर देशमा धर्म निरपेक्षता भन्ने लागू गरिएको छ यसको बारेमा के धारण छ रु हजुरको ?
* मैले जे जति बुझेको छु त्यँही आधारमा भन्छु । निरपेक्षतालाई अंग्रेजीमा सेकुरालीजम भनिन्छ । डेमोक्रेसीको प्राण भनेकै सेकुरालीजम हो । तर सेकुरालीजम आई सक्यो भनेर सेकुरालीजमको आडमा धर्म मान्ने धर्मलम्बीहरुलाई दबाव दिएर प्रलोभन देखाएर धर्मान्तर गर्नु भनेको गलत हो तर सेकुरालीजमको अर्थ के आउँछ भने यो धर्म सँग सम्बन्धी विषय होइन , तर सेकुरालीजमको पुजा–आजा गर्ने धर्म होइन की राष्ट्रलाई सेवा गर्ने डिउटीलाई मानिन्छ । राष्ट्र सेकुरल भो भने राष्ट्रले गर्नु पर्ने डिउटी छ नी त्यसको कर्मचारी सेवक नेताहरुले गर्ने सेवा प्रति धर्म देखीनु पर्‍यो तर धर्मको आधारमा पक्षपात गर्नु भएन त्यसलाई नै सेकुरालीजम भनिन्छ । हाम्रो मुलुकमा नेता देखि लिएर विद्धानहरुले समेतले यसलाई पुजा–आजा गर्ने धर्मसँग जोडेर बहस चलाएर झन क्रिचियनहरुलाई बढ्वा दिने काम गरेको छ । संसारमा जुन किसिमको विगविगि बढाएका छन् । अझै उनीहरुलाई त यो देश निरपेक्षता भो तिमीहरुले अब जे गरे पनि पाउछौ भनेको चाँही होईन सेकुरालीजमलाई साइन्टीफी फ्याक्ट ल भनिन्छ । वैज्ञानिक यर्थात कानुन बन्नु प¥यो विज्ञानलाई जोडेर हिन्दुहरुलाई पैसाको प्रलोभन दिएर गरिबहरुलाई विभिन्न कुराहरुको प्रलोभनमा पारेर त्यसलाई क्रिचियन बनाउनु गलत हो यसलाई कडासँग रोक्नु पर्छ । धर्म यहाँ बसेको मान्छेले जो जुन धर्म मान्दैछ, विना रोकतोक त्यो धर्म मान्ने उसको अधिकार हुन्छ । किनभने त्यो व्यक्तिगत कुरा हो र सेकुरालिजम भनेको कानुनसँग सम्बन्धीत प्रश्न हो । धर्मको आडमा कानुन मिच्ने नपाइने भनेर सेकुरल बनाइन्छ राष्ट्र डेमोक्रेसीमा मैले बुझेको कुरा यही नै हो ।

९) अहिलेको अवस्थामा नेपाली कांग्रेस यसरी नै साँघुरिदै जान्छ की ?
* पाली कांग्रेस साँघुरीदै गैरहेको हामीले देखेका छौँ यसमा के छ भने नेपाली कांग्रेस साँघुरो हुँदैन यो त जनताको पाटी हो र सबैभन्दा पुरानो पाटी हो । चुनाव जित्नु हार्नु प्रविधिक कुराहरु हो । धेरै कुरामा हाम्रो जो पाटीका नेताहरु छन् जसको बोली बिक्छन् जसले आफ्नो आइडल दिन सक्छ जसले उहाँहरुले बोलेको जनताहरुले ति जनताहरुलाई ट्रेन गर्न नसकेको कारणले हाम्रो प्रचार विभाग देखि लिएर धेरै कुराहरु पहिले हामी गर्छौ तर हाम्रो कुराहरु जनतामा पछि पुग्छ । त्यो कारणले जनताहरु कांग्रेसको मेन उद्देश्यसँग चिरपरिचित हुदैनन् । तब सम्म चुनाव हारिन्छ । त्यो कारणले साँघुरिदै गएको देखियो तर आज पनि डेमोक्रेसीमा आस्था राख्ने धेरै जनताहरु नेपालको त लगभग धेरै जनताहरु डेमोक्रेसीमा आस्था राख्छन्् । कम्युनिष्टहरुले चुनाव लडे संसदयि व्यवस्थालाई हामी मान्छौ भने र चुनाव पनि लडे पछि आएर के गर्नु भो त्यो फरक कुरा हो तर उहाँहरुले पनि बहुदललाई मानेर नै चुनावमा जानु भयो र कांग्रेस साँघुरीदै गयो भन्नु भो त्यो प्रविधिक समस्या हो । त्यो चुनावको बेला हाम्रो पनि नेतृत्वबाट राजपा र फोरमसँग बार्ता हुन्छ भनियो माओवादी सँग कोलाब्रेसनमा सरकार थियो माओबादी सँगै बार्ता हुन्छ भन्नेमा गैसकेको थियो । तर हामी अलमलिएर धेरै समय किल भयो र अन्तिम दिनमा आएर हामीले सबै ठाँउमा उम्मेद्धारी दिने तब सम्म जनताको एउटा मेन्टालिटी भै सकेको थियोकी राजपा र फोरम सँग कांग्रेस मिलेर चुनाव लढ्छ तर उम्मेद्धारी दर्ताको दिन भन्छन् । आफै आफै चुनाव लढ्ने भने हल्का परिपक्ताको कमि देखियो तर त्यो कुरा सधै रहदैन पाटी सुध्रिदै गएको छ । आजभोली बार्ताहरु पनि भयो विभिन्न पाटीका नेताहरुको बिचमा हामी एक भएर जान्छौ भन्ने कुराहरु नेताहरुले भन्नुभएको छ यसलाई हामीले सकरात्मक रुपमा लिउ ।

१०) एक शब्दमा भन्नुपर्दा हजुरले राजनीतिमा आदर्श व्यक्ति कसलाई मान्नुहुन्छ ?
* एक शब्दमा भन्ने हो भने म नेपालमा राजनीतिक आर्दशको व्यक्तिको रुपमा विपिको विचारबाटै प्रभावित भएको हो तर विपिबाटै प्रभावित भएर उहाँकै विचारहरु पढेर उहाँकै कुराहरु नेताको भाषणबाट सुनेर डेमोक्रेसीमा लागेको हो । संमग्रमा म नेता भन्दा पनि डेमोक्रेसीको पक्षमा छु ।

११) हजुरले आजसम्म नेपालमा राष्ट्रभक्ति नेता कसलाई पाउनु भएको छ ?
* मैले रामबरण यादवलाई पाएको छु । उहाँले जुन किसीमको एउटा ओहोदामा गएर पनि जसरी उहाँलाई त्यो बेलामा पटक पटक प्रधानमन्त्री फेरिरहदा पनि उहाँलाई उक्साउने धेरै मान्छेहरु थिए यो गर्नुपर्छ तर उहाँले भन्नुभयो म भन्दा ठूलो राष्ट्र हो । मैले पनि भेटेको थिए उहाँलाइ्र्र त्यो बिचमा त्यही भएर म उहाँलाई श्रद्धा गर्छु ।

१२) अन्तिमा हजुरका राजनीतिक साथीहरु, नेतृत्व र नेपाली जनताहरुलाई के भन्न चाहानु हुन्छ ?
* म यहीँ भन्छु डेमोक्रेसी जोगाउनुहोस । डेमोक्रेसी रह्यो भने हामी रहन्छौ यो पनि विपिकै भनाई हो । प्र्रमुख कुरा डेमोक्रसी जोगियो भने राष्ट्र जोगिने हो नत्र राष्ट्रमा अनेक किसिमको उत्पादहरु आइनै रहन्छ । त्यही भएर म नेता, जनताहरुलाई पनि भन्न चाहान्छु की डेमोक्रेसी प्रति उत्तरदायी बन्नुहोस डेमोक्रेसी भयो भने सबै कुरा हुन्छ ।

१३) धेरै धेरै धन्यवाद हजुरको अमुल्य समय र मिठो संवादको लागी
* मेरो आफ्नो विचार राख्न दिनु भएकोमा यस जननी नेपाल प्रति आभार प्रकट गर्दछु ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डोमा हाल्दै

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रम

सरकारी अस्पतालले नै हेरेन बिरामी, उपचारको लागि अस्पताल चाहार्दैमा ज्यान गयो

विश्वासयोग्य छैनन् सरकारले प्रयोग गर्न खोजेका र्‍यापिड टेस्ट किट

यूरोपेली मुलुक इटली स्पेनमा कोरोनाको महामारी झन् भयावह बन्दै

ॐ लेख्दै वि.सं. २०७६ चैत २५ गते मंगलबारको राशिफल पढनुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

यातायात मजदुरलाई ढुवानी एसोसियसनले सहयोग गर्ने

हात जोड्छु नेता ज्यु कृपया भोटको लागि भए पनि जनतालाई यस विषम परिस्थिति बाट बचाउनु होस : सांसद बर्तौला(दिपेन्द्र )

नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो, भित्रिए विदेशमा रहेका ६१ हजार नेपाली