यस्ता छन प्रतिबन्धित पुस्तक भेटिने भूमिगत खोपा

प्रकाशित मिति: २९ पुष २०७६, मंगलवार

नेपालको राजनीतिक इतिहासमा महत्व राख्ने एउटा घरको नालीबेली समेटेर साहित्यकार अनिल पौडेलले बृत्तचित्र निर्माण गर्नुभएको छ, एउटा घरको कथा । पञ्चायती कालरात्रीमा नेताहरुको भूमिगत आश्रय दिएको यो घरमा जननेता मदन भण्डारी, राष्ट्रपति विद्या भण्डारी, पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, पूर्वउप–प्रधानमन्त्री भरतमोहन अधिकारीले लामो समय विताउनु भएको थियो । मोरङ उर्लाबारीबाट १३ किमि उत्तरमा अवस्थित पहाडी थुम्कोमा रहेको तिलबहादुर राईको यो घरका भित्ताभित्र भूमिगत खोपाहरू देखिन्छ, जहाँ त्यो बेला प्रतिबन्धित पुस्तकहरू अहिले पनि भेटिन्छन् । भूमिगत बस्दा पिसाब फेर्ने बाँसको ढुंग्रो, नेताहरूले प्रयोग गरेका गुन्द्री, खाटदेखि गीत गाउन प्रयोग गरिएका सारंगी र विनायोजस्ता बाजाहरू पनि असरल्ल छन् ।

मिक्लाजुङ गाउँपालिकाको टाँडी ढुम्केस्थित जंगल छेउ रहेको यो घरमा केही जलेका, केही च्यात्तिएका त केही माकुराको जालोमा बेरिएका पुस्तकहरू निकै ऐतिहासिक लाग्छन् । हस्तलिखित डायरीमा झलकमान गन्धर्वदेखि पुराना ‘जनताका गीतहरू’ सम्म भेटिन्छन् । बृत्तचित्रका परिकल्पनाकार एवं निर्माता पौडेलले भन्नुभयो, “तीन वर्षअघि तिलबहादुरको निधन भएपछि यी सबै सामग्री अभिभावकविहीन बनेका हुन् । ‘मुलुक हाँक्ने ठूला मान्छेहरूलाई संरक्षण गरेको यो घर आज आफैंमा जीर्ण र एकान्तिक बनेको छ ।” पति बितेपछि पत्नी मनमाया राई छोरीको घर बस्दै आएकी छन् । बृत्तचित्रमा मनमायाले भन्नुभएको छ, “मदन भण्डारीको पत्नी लामो समय यहीँ बस्नुभएको थियो । लामो समय छोरी निशाको लालनपालन पनि यहीँ भएको थियो ।”

साहित्यकार पौडेलका अनुसार २०२६ सालदेखि नै मनमोहन अधिकारी र भरतमोहन अधिकारीहरूले यो घरलाई सेल्टरको रूपमा प्रयोग गर्न थालेका थिए । कालान्तरमा यो घर ‘पार्टीघर’ कै रूपमा चिनियो । पौडेलले भन्नुभयो, “२०४६ को परिवर्तनसम्म यो घर चेतनाको विश्वविद्यालयजस्तै थियो । अध्ययन, बहस र प्रशिक्षणहरू हुन्थे ।”

हालै मोरङको बेलबारीमा सार्वजनिक प्रदर्शनीसमेत गरिएको डकुमेन्ट्रीमा नेता गुरु बरालले दक्षिणतिरको गाउँमा किसान विद्रोह हुँदा बन्दुक लुकाउने थलो पनि यही घर भएको बताएका छन् । आफ्ना आठ सन्तानलाई पनि राजनीतिक जागरणमै लगाएका तिलबहादुरकी नातिनी सरला राई मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ । बृत्तचित्रमा साइँली छोरी विद्या चाम्लिङले गीत गाउँदै पुराना दिन सम्झनुभएको छ, ‘लाहुरे दाइले नौ डाँडा काटेको, कसले देख्छ कलेजो फाटेको‘’
गोरखापत्र दैनिक


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
तिन जनालाई लाई साधारण सदस्य समेत नरहने गरी निष्कासन भन्दै विप्लबको विज्ञप्ती

पुर्वग्राही भएर लेखेको समाचार प्रति ढोरपाट नगरपालिकाका मेयर देव कुमार नेपालीको आपत्ति

नेता बानियाँद्वारा तीन सय साठी विद्यार्थीलाई ट्रयाकसुट वितरण

पुर्वग्राही भएर लेखेको समाचार प्रति ढोरपाट नगरपालिकाका मेयर देव कुमार नेपालीको आपत्ति

मकवानपुरका चार एन सेल टावरमा विप्लब को आगजनी

किन ढिलाइ भइरहेछ दोस्रो चरणको चक्रपथ विस्तारमा ?

एमसीसी पारित गर्न, के होला नयाँ सभामुखको भूमिका

श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै जलाए

एनआरएन नागरिकताको लागि कांग्रेसले पहल गर्ने : एनपी साउद

भारतबाट ल्याउने र आन्तरिक बजारमा हुने हवाई इन्धनको आपूर्ति दुई दिनदेखि ठप्प