गंगाधर भित्रका गंगा

प्रकाशित मिति: २८ पुष २०७६, सोमबार

बाग्लुङ्गको दुरदराजबाट अत्यन्तै ठुला संघर्षका विभिन्न चरणहरु पार गरेर आफ्नो राजनीतिक छविलाई उति बेलानै उच्च अवस्थामा पुर्याउएका गंगाधर गौतम बेल्जियम पुगे । उनी बेल्जियममा मात्र नभएर युरोपकै बलियो एन.आर.एन. अनि कुशल राजनीतिज्ञ हुन । एन.आर.एन.बेल्जियम पुर्व अध्यक्ष समेत रहेका गौतमको अथक सकृय जीवन सामाजिक भावना र उनी भित्र लुकेको कुशल रणनैतिक क्षमताले बेल्जियम मात्र नभएर समग्र युरोप र नेपालीहरुका लागि दरिलो खम्बा र एउटा गर्भिलो उदाहण हुन ।
सामाजिक र उच्च राजनीतिक भाव भएका उनलाई र उनको दुरदर्शिता लाई झ्याप्प जो कोहीले बुझ्न सक्दैनन र परिणम पछि आफै पछुताउछन् । पारिवारिक, सामाजिक, राजनीतिक, कानुनी र प्रविधिक झन्झटको बिचमा पनि आफ्नै पनमा बाँच्न सक्ने उनी नेपाली काङ्ग्रेसका दरिलो खम्बा हुन । उनी कुशल रणनीतिकार पनि हुन । स्पष्ट वक्ता र कुशल रणनीतिक क्षमता भएका उनी अरु भन्दा पृथक शैलीमा हिड्न रुचाउछन ,युरोप भरी जनसम्पर्क समितिको विस्तार र एन.आर.एन.को लागी निस्वार्थ भावले दिनरात खटीरहने व्यक्ति हुन ।
विदेशमा बसेर राजनीतिक गर्न सहज छैन भन्नेहरुको लागी गतिलो उदाहण पनि हुन र विभिन्न संघ संस्थामा हुने कार्यक्रमहरु सफल बनाउन सफलताको कडि नै हुन गंगा भन्दा फरक पर्दैन । नेपाल र नेपालीको आफ्नोपन आफ्नो मौलिकता कला संगीत ,संस्कृति र संस्कारलाई आफु जहाँ बसे पनि भुल्न हुदैन भन्दै जगेर्नाको लागि दिनरात खटिने ब्यक्ति हुन उनी ।
बाग्लुङ्ग गलकोट घर भई पुर्व प्रधानमन्त्री झलनाथ खनाल, पुर्व उपप्रधानमन्त्री चित्रबहादुर के.सी, सहीत थिरबम मल्ल, नेता कुलराज शर्मा गोबिन्द कँडेल लगायत धरै नेताहरुको कर्मथलो मात्र नभई राणकाल देखिनै राजनीतिक उच्च चेतना भएको ठाँउ हो बाग्लुङ्ग ।
स्कुल पढदा देखिनै आफु लिडर हुनुपर्ने स्वभाव भएका उनी बाग्लुङ्ग क्यापस वि.स. २०५१ देखि ०५५ स्वियु सभापति हुँदै विद्यार्थीको जिल्ला अध्यक्षमा वि.स. २०५३ देखि ०५७ सम्म र्निवाचित भएका थिए । सकृयता र राजनीतिको उच्च चाहानाले उनलाइ नेतृत्वमा पुर्यायो । कसैको चाकडि र चाप्लुसी भन्दा पनि आफ्नो क्षमता र सक्रियताले नेतृत्वमा पुगेका उनी र उनको राजनीतिमा उच्च सकृयता देखेर बाम पन्थीहरुको आक्रमण हुन थाल्यो । निम्न मध्यम आर्थिक अवस्था भएका उनले स्नातक सम्मको अध्ययन पुरा गरेका छन् ।
युरोपमा रहेर उनी आफ्नो राजनीतिक भुमिकामा मात्र नभएर एन.आर.एन यस्तो हुनुपर्छ जहाँ पैसाको खेल हुनुहुदैन भनेर हरेक एन.आर.एन.को हितमा लाग्ने अब्बल व्यक्तित्व हुन गंगाधर गौतम गंगाधर भित्रको उनको गंगालाई सबैले तारिफ गर्नै पर्छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ॐ लेख्दै विंसं २०७७ श्रावण १९ गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा