संगीत भित्रका धमिरा

प्रकाशित मिति: २५ पुष २०७६, शुक्रबार

संगीत भित्र संस्कृति अनि संस्कार लुकेको हुन्छ केबल स्टेजमा जानू र बुरुक बुरुक उफ्रनु मात्र संगीतको कर्म होइन । संगीत बसेर ,सुतेर,उठेर ,यात्रामा ,सुखमा ,दु:खमा हरेक पल संगीत सुन्ने र आनन्द लिइने र आफ्नो भाबलाई संगीतको भाव संग जोडेर अनुभुती गरिने चिज हो । कुनै पनि देश र त्यहाँका जनता कुन स्तरमा छ्न र शासन कुन अबस्थामा चलेको छ भन्नेकुरा त्यो देश अनि प्रान्तमा सुनिने संगीत र प्रस्तुति शैलीबाट थाहा हुन्छ । हुन त कुनै पनि कुरा ठ्याक्कै यो नै हो भन्ने कसैको पेवा होइन र छैन पनि, नेपाली संस्कृति बचाउन कोहि लागी परेका छ्न भने कसैले धज्जी उडाएका छ्न भन्ने धेरैको प्रतिक्रिया छ । जहाँ अभाब त्यहाँ दुष्ट अनि दानव रुपी मान्छे होस या प्राणी निस्कन्छ , अहिले यहाँ पेट पाल्न नेपाली संगीत भित्र लागे जस्ता केही धमिराहरुले संगीत र संस्कार बिगारीरहेका छ्न ,कुरो छाडा गीतको मात्र होइन यहाँ धेरै कलाकारहरु यस्तै गीत गाउन बाध्य छ्न, किनकि सहि संगीत र सहि शब्द सुनिदिन पर्यो नि ,लुकिलुकि जाने सुन्ने ,हेर्ने अनि उसैलाई गाली गर्ने हाम्रो आफ्नै चलन लाजमर्दो छ जस्ले जे पायो शब्द गायो उसैलाई यस्तै गीतमा उचालीन्छ र मन पराईन्छ र यस्तो गीत न गाउँदा उनी संगीत क्षेत्रबाट पलायन हुने अवस्था आउँछ । आफ्नो समाज र राष्ट्र मा प्रभुत्व देखाउन गरिने जालझेल अनि महोत्सव को नाममा गरिने ठेक्का अनि बिचलनले नेपाली कला अनि संगीत आफै बिग्रेको छ दोष कसैको छैन यो समाज अनि संगीत भित्र छिरेर आफ्नो असली रुप देखाउने नक्कली कलाकारहरुको कारण हो र संगीतका विभिन्न संघ संस्थामा लागेर आफ्नो मात्र जोहो गरिराखेका धुर्त मानवहरु नेपाली कला र कलाकार अनि स्रष्टाहरुको आँसु पियिरहेका छ्न भने अर्कोतिर यहाँ कलाकारहरु आफ्नै गाउँ ,समाजमा जान बन्चित गरिन्छ्न किन को दुई चार जना नक्कली कलाकार र ठेकेदारहरु ले चलाएको देखिन्छ । हामीले हाम्रो संस्कृति संस्कार र हाम्रो चलीआएको परम्परा छोड्दा आनन्द त न आउने रैछ नि होइन र? कराएर केही फाईदा छैन ।यहाँ बिबादीत मान्छे हरु नै बढी रुचाईन्छ्न र बोलाईन्छ्न अझ अर्को हांस्यास्पद कुरो के हो भने युटुब भिउको आधारमा कलाकारको स्तर मापन गरिन थाल्यो सायद यस्तो चलन नेपालमा मात्र होला कला,कलाकार र संगीत साधनाले र प्रतिभाले जन्मिने हो युटुब बुस्ट गरेर आफुलाई अब्बल देखाउने एकजमात अहिले लागी परेको छ र आफ्नै पैसा सत्यनास गरिरहका छ्न अनि आफै भित्रभित्रै खुसी भएजस्तो गरिरहेका छ्न भने वास्तविक कलाकारहरुले पनि यो बाटो न अपनाउने हो भने अस्तित्व नै न रहने अबस्थामा राख्दै सोही बाटो अपनाउन बाध्य छ्न । यहाँ कोठे अवार्ड बाडिन्छ, आफैले आफैलाई पुरस्कार दिईन्छ अझ ठुलो कुरा गर्ने र नक्कली हांसो हांस्ने ?हाम्रो देशमा कहि नभाको जात्रा धेरै हुने गर्छ किनकि गरिखाने नाममा बेकारका अनावश्यक संघसंस्था अनि गुट उपगुट अनि तिनैका मतियारहरुको चलखेलले नै सबै सर्बनास गर्ने छ हामी पछुताउने मात्र छौँ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
तिन जनालाई लाई साधारण सदस्य समेत नरहने गरी निष्कासन भन्दै विप्लबको विज्ञप्ती

पुर्वग्राही भएर लेखेको समाचार प्रति ढोरपाट नगरपालिकाका मेयर देव कुमार नेपालीको आपत्ति

नेता बानियाँद्वारा तीन सय साठी विद्यार्थीलाई ट्रयाकसुट वितरण

पुर्वग्राही भएर लेखेको समाचार प्रति ढोरपाट नगरपालिकाका मेयर देव कुमार नेपालीको आपत्ति

मकवानपुरका चार एन सेल टावरमा विप्लब को आगजनी

किन ढिलाइ भइरहेछ दोस्रो चरणको चक्रपथ विस्तारमा ?

एमसीसी पारित गर्न, के होला नयाँ सभामुखको भूमिका

श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै जलाए

एनआरएन नागरिकताको लागि कांग्रेसले पहल गर्ने : एनपी साउद

भारतबाट ल्याउने र आन्तरिक बजारमा हुने हवाई इन्धनको आपूर्ति दुई दिनदेखि ठप्प