कविता ‘स्कुलको याद’

प्रकाशित मिति: २० पुष २०७६, आईतवार

धेरै पछि म मेरो स्कुललाई भेट्न गाकी थिए
स्कुलले मलाई देख्नेबित्तिकै सोध्यो
म देखि हैरान भएर गाकि थियौ
अहिले कस्तो चल्दैछ जिन्दगी ?
मैले भने तिमीले त सिकाएर मात्रै परिक्षा लिन्थ्यौ तर जिन्दगीले परीक्षा लिएर मात्रै सिकाएको छ।
गेटबाट
भित्र खेल मैदानमा के टेकेकी थिय
मैदानले भन्यौ
तिमी त यो मैदानबाट कहिले बिदा हुन पाए हुन्थ्यो भन्थिउ त आज कता बाट तिमीलाई यहाँ टेक्न मन लाग्यो
मैले भने जुन साथीहरू लाई यो मैदानमा भेटाएकी थिय । खेल्ने डुल्ने गर्थे उनिहरु लाई अन्त भेटाउन गाह्रो भयो म उनिहरुको यादमा यहाँ आएकी।
अनि मेरो नजर कक्षा कोठामा गए ती झ्याल ढोका र बेन्च डेक्स मलाई हेर्दै एकै स्वरमा भनेका थिए
बल्ल हाम्रो याद आयो।
हामी लाई बिर्सेउ है ।
तब मलाई याद आयो सरले मलाई पढाउने बेलामा ती झ्यालबाट बाहिर हेर्ने गर्थे ती ढोकामा उभिएर साथीहरू संग गफ गर्थौ पर बाट सर आएको देखे पछि ती डेक्स बिन्च माथि टेकेर आफ्नो सिटमा कुन बेला पुग्यो अत्तोपत्तो हुन्थेन
सरले पढाएको बेलामा लुकिलुकि चाउचाउ खाएको याद आयो अनि साच्चै डेक्स माथि
फलानो +फलानी भनेर पनि लेखेको याद आयो।
अनि म सर म्याडम लाई भेट्न अफिस पुगे
मलाई देखेर साह्रै खुसी हुनुभयो ।
मलाई लाग्यो आफुले पढाएको विद्यार्थी यसरी स्कुट भेट्न आउदा खुसी हुनु भाको हो।
नमस्कार गर्न पर्छ भनेर लुकेर हिड्ने गर्थौ तर अहिले अगाडि गएर शिर झुकाई नमन गर्दा आफुलाई निकै गौरव लाग्यो।
अनि मनमनै सोचे जब पढ्न स्कुल आउथे
तब फलानो सर नआए पनि हुन्थ्यो
अनि फलानो सर म्याडम आउनु भाको छैन रे भने पछि खुसीले सिमा नाग्थ्यो।
तब याद आयो सर म्याडम त्यो एक दिन नआउदाको घाटा के रहेछ।
अझ प्रत्येक सर म्याडम को खतरा खतरा नाम राख्थ्यौ ।आज त्यो सर लाई देख्दा धेरै धेरै सम्मान गर्न मन लाग्यो।
आफुले पढेको विद्यालय बेलाबेलामा गैराख्नु।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ॐ लेख्दै विंसं २०७७ श्रावण १९ गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा