शानिवार शनिदेवका ९ वाहन र त्यसले जीवनमा पार्ने प्रभावबारे जानी राखौं

प्रकाशित मिति: २६ पुष २०७६, शनिबार

१. शनिदेवको वाहन हाँस स् शनिको वाहन हाँस यसलाई शुभ मानिन्छ। आफ्नो बुद्धि र मेहनतले भाग्यको पुरा सहयोग लिन सकिन्छ। यस अवधिमा आर्थिक अवस्थमा सुधार देख्न सकिन्छ। हाँसलाई शनिको वाहन मध्य सबैभन्दा राम्रो मानिन्छ।

२. शनिदेवको वाहन मयुर स् शनिको वाहन मयुर भयो भने शुभ संकेत मिल्छ। यो समयमा आफ्नो मेहेनतको साथमा भाग्यको पनि साथ मिल्छ। यो समयमा समझदारीले काम गर्नाले ठूलो समस्याबाट पनि पार हुन सकिन्छ।

३. शनिदेवको वाहन स्याल स् यदि शनिको वाहन स्याल भयो भने शुभ संकेत मिल्दैन। यो समयमा अशुभ समाचार धेरै सुन्न पर्ने सम्भावना बढ्छ । यस्तो स्थितिमा हिम्मतले काम लिनुपर्छ।

४. शनिदेवको वाहन भैंसी स् यदि शनिदेवको वाहन भैंसी भयो भने मिश्रित फल प्राप्त हुन्छ। यो स्थितिमा समझदारी र होशियारी पुर्बक काम गर्नु राम्रो हुन्छ । यदि सावधानीले काम गरेन भने नराम्रो संकेत देखा पर्छन।

५. शनिदेवको वाहन कागस् शनिको वाहन काग भयो भने त्यो समयमा असामंजस्य मा वृद्धि हुन्छ। परिवार र अफिसमा कुनै मामलालाई लिएर असामंजस्य वा संघर्षको स्थिति आयो भने त्यसबाट बच्न पर्छ। यो समयमा शान्ति, संयम र समस्या समाधान गर्न बातचीत गर्ने प्रयास गर्नुपर्छ।

६. शनिदेवको वाहन हात्तीस् शनिको वाहन हात्ती भयो भने यसलाई अशुभ मानिन्छ। यसले मान्छेको आशा विपरित फल दिन्छ। यो स्थितिमा साहस र हिम्मत काम लिनुपर्छ।

७. शनिदेवको वाहन सिंह स् शनिको सवारी सिंह भयो भने शुभ फल मिल्छ। यो समयमा बुद्धिमानीपूर्वक र चतुराईले काम लिनु पर्छ यसले शत्रु पक्षलाई पराजित गर्न मद्दत गर्छ।

८. शनिदेवको वाहन घोडास् यदि शनिदेवको वाहन घोडा भयो भने शुभ फल मिल्छ। यो समयमा समझदारीले काम लिनु भयो भने शत्रुसँग सजिलै बिजयी प्राप्त हुन्छ। घोडालाई शक्तिको प्रतिक मानिन्छ। त्यसैले मानिस यो समयमा जोश र जाँगरले भरिएको हुन्छ।

९. शनिदेवको वाहन गधास् शनिदेवको वाहन गधा हुन्छ भने यसलाई अशुभ मानिन्छ। शुभ फल प्राप्तमा कमि आउछ। यो स्थितिमा काममा सफलता प्राप्त गर्नको लागि धेरै संघर्ष गर्नुपर्छ।

शनिदेवलाई हिन्दु धर्ममा न्यायको देवता मानिन्छ। धेरै मानिसले शनिदेवलाई कठोर मान्छन किनकी शनिको डरले धनवान व्यक्ति पनि दरिद्र बन्छ। तर यो सही होइन, वास्तबमा शनिदेव न्यायको देवता हुन् र उनको न्याय निष्पक्ष हुन्छ। निष्पक्ष न्यायमा सजाय पनि मिल्छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
तिन जनालाई लाई साधारण सदस्य समेत नरहने गरी निष्कासन भन्दै विप्लबको विज्ञप्ती

पुर्वग्राही भएर लेखेको समाचार प्रति ढोरपाट नगरपालिकाका मेयर देव कुमार नेपालीको आपत्ति

नेता बानियाँद्वारा तीन सय साठी विद्यार्थीलाई ट्रयाकसुट वितरण

पुर्वग्राही भएर लेखेको समाचार प्रति ढोरपाट नगरपालिकाका मेयर देव कुमार नेपालीको आपत्ति

मकवानपुरका चार एन सेल टावरमा विप्लब को आगजनी

किन ढिलाइ भइरहेछ दोस्रो चरणको चक्रपथ विस्तारमा ?

एमसीसी पारित गर्न, के होला नयाँ सभामुखको भूमिका

श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै जलाए

एनआरएन नागरिकताको लागि कांग्रेसले पहल गर्ने : एनपी साउद

भारतबाट ल्याउने र आन्तरिक बजारमा हुने हवाई इन्धनको आपूर्ति दुई दिनदेखि ठप्प