लिपुलेक, कालापानी र लिम्पियाधुरा सीमा विवाद १४ वर्षअघि नै राष्ट्रसंघमा

प्रकाशित मिति: २९ कार्तिक २०७६, शुक्रबार

लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवादले १४ वर्षअघि राष्ट्रसंघमा प्रवेश पाएको खुलेको छ। नापी विभागका तत्कालीन महानिर्देशक तोयानाथ बरालले यो विषय आफूले राष्ट्रसंघको १७ औं कार्टोग्राफिक सम्मेलन, एसिया–प्यासिफिकमा राखेको जानकारी दिएका हुन्।

सम्मेलन सन् २००६ सेप्टेम्बरमा थाइल्यान्डको बैंककमा भएको थियो। नेपाल सरकारको प्रतिनिधित्व गरी आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवादलाई प्रवेश गराएको उनले बताए। ‘मैले सन् २००६ मै सीमा विवादलाई राष्ट्रसंघमा प्रवेश गराएको हुँ’, उनी भन्छन्, ‘राष्ट्रसंघमा यसको रेकर्ड छ।’

‘कार्टोग्राफिक सेक्सन’ ले उक्त विषयमा आफूलाई उधृत गरेको उनको भनाइ छ। यो सेक्सनले अन्तर्रा्ष्ट्रिय सीमा अद्यावधिक गर्छ। उनले लिम्पियाधुरालाई विवादास्पद र लिपुलेक, कालापानीलाई अतिक्रमित क्षेत्र भनेका थिए। तत्कालीन प्रमाणका आधारमा आफूले लिम्पियाधुरा क्षेत्रलाई विवास्पद क्षेत्र राख्न प्रस्ताव गरेको उनको भनाइ छ।
अन्नपूर्ण पोस्ट


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गरेको घोषणा गरे पनि ट्याक्सीमा भने दशकौंदेखिको सिन्डिकेट उस्तै

रोजगारीका लागि नेपाल आउने विदेशी कामदार बढ्दै

विर्तादेउरालीमा अग्लो बुद्धमूर्ति निर्माण

अतिक्रमित भूभाग र सीमा समस्या समाधानमा परराष्ट्रको पहल अधुरो

विपद् व्यवस्थापन गर्न वडास्तरमा सम्भावित स्थान पहिचानको कार्य शुरु

ॐ लेख्दै आज वि.सं. २०७६ मंसिर २३ गते सोमबारको राशिफल पढ्नुहोस सम्पुर्ण कार्य सफल हुनेछ

अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड’को भोटिङमा दोश्रो स्थानमा

गण्डकी प्रदेशको विरुवा होइन, रुख रोप्ने तयारी

ग्यासमा भन्दा विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा सस्तो

अझै अख्तियारमै लोकमानको पालाका ‘गुप्तचर’हरू