नेपाल र भारत सीमा विवादबारे चिनको धारणा र आफूले नेपालको सिमा नमिचेको दाबी

प्रकाशित मिति: २९ कार्तिक २०७६, शुक्रबार

चीनले नेपाल र भारतबीच कालापानी क्षेत्रको सीमा विवाद भइरहेका बेला आफ्नो धारणा सार्वजनिक गरेको छ । बिहीबार चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिकता र भौगोलिक अखणडताको चीनले सधैं सम्मान गर्ने बताएको छ ।

नेपाल र भारतबीचको कालापानी क्षेत्र सम्बन्धी विवाद मैत्रिपूर्ण छलफल र वार्ताका माध्यमबाट समाधान गरुन भन्ने आफूले चाहेको चिनले बताएको छ । ‘नेपाल र भारतबीचको कालापानी भूभागको विवाद उनीहरूबीचको मित्रवत परामर्श र वार्ताको माध्यमबाट समाधान होस भन्ने चिनियाँ पक्ष चाहन्छ, नेपाली पक्षको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको चीन सधै सम्मान गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

चिनले आफूले नेपालको सिमा नमिचेको दाबी पनि गरेको छ । ‘केही गैरजिम्मेवार सञ्चारमाध्यम तथा व्यक्तिहरुको समूहले चीनले पनि नेपालको भूभाग मिचेको भन्ने विषयमा हामीले जानकारी लिएका छौं । यस प्रकारका आरोपहरु आधारहीन र अन्यौल सिर्जना गर्ने र आममानिसको ध्यान अर्कोतर्फ मोड्ने उद्देश्यले आएको हो । नेपाल र चीनबीच सन् १९६१मा सीमा सन्धिमा हस्ताक्षर भई सीमा छुट्याउनुको साथै सीमाकांन गरिएको हो,’ विज्ञाप्तिमा भनिएको छ ।

नेपाल(चीनबीच सन् १९६१ मा सीमा सम्झौता भएर सीमा पहिचान र चिन्ह लगाउने काम सम्पन्न भएको विज्ञाप्तिमा बताइएको छ । नेपाल र चीनबीच सीमा र सुख्खा बन्दगाहजस्ता मामिलामा राम्रो सहकार्य हुँदै आएको पनि चिनियाँ दुतावासको दावी छ ।

‘यही अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको सफल नेपाल भ्रमण भएको थियो र सो भ्रमणको समयमा दुई पक्षले सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सहमति हस्ताक्षर गरेको थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘सीमा मामिलामा नेपालसँग सहकार्यलाई थप सुदृढ गर्न, बाह्य हस्ताक्षेप रोक्न र साझा विकास प्रवर्धन गर्न चीन इच्छुक छ ।’


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
३ महिनामा नेपालबाट रेमिटेन्स मार्फत रू. १ अर्ब ३१ करोड रकम बाहिरियो

लगातार अवरोधपछि सरकार सडक विस्तारको सट्टा मर्मतमा सीमित

सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गरेको घोषणा गरे पनि ट्याक्सीमा भने दशकौंदेखिको सिन्डिकेट उस्तै

रोजगारीका लागि नेपाल आउने विदेशी कामदार बढ्दै

विर्तादेउरालीमा अग्लो बुद्धमूर्ति निर्माण

अतिक्रमित भूभाग र सीमा समस्या समाधानमा परराष्ट्रको पहल अधुरो

विपद् व्यवस्थापन गर्न वडास्तरमा सम्भावित स्थान पहिचानको कार्य शुरु

ॐ लेख्दै आज वि.सं. २०७६ मंसिर २३ गते सोमबारको राशिफल पढ्नुहोस सम्पुर्ण कार्य सफल हुनेछ

अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड’को भोटिङमा दोश्रो स्थानमा

गण्डकी प्रदेशको विरुवा होइन, रुख रोप्ने तयारी