वडाको विकास नै आफ्नो प्रथामिकता रहेको अध्यक्ष कोइरलाको भनाई

प्रकाशित मिति: २८ कार्तिक २०७६, बिहीबार

हेटौडा उपमहानगरपालिका वडा १६ मा हेटौडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाको आयोजना तथा वडा १६ संयोजनमा बुधवार हटिया स्वास्थ्य चौकी सेवा केन्द्रको उद्घाटन गरिएको छ । उक्त स्थानका नागरिकले स्वास्थ्य क्षेत्रमा पाएको कष्ट न्युनिकरण गर्न उक्त स्वास्थ्य केन्द्रले महत्वपुर्ण भुमिका खेल्ने स्थानिय नागरीकको भनाई रहेको छ ।

उपमहानगरका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्तामा भएको कार्यक्रममा रोटरी हेटौडाका उपाध्यक्ष राम प्रसाद शर्मा, नगर स्वास्थ्य प्रमुख भोलानाथ चौलागाई, कार्यपालिका सदस्य कृष्ण बहादुर राई, जनप्रिय उच्च मावि प्राविधिक शिक्षालयका अध्यक्ष लोकनाथ चौलागाई लगायतले आफ्ना भनाइ राखेका थिए । कार्यक्रम हेटौडा वडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षतामा भएको थियो । वडा अध्यक्ष कोइरलाले १६ नम्वर वडा भित्रको विकाश निर्माणमा कार्यमा आफु सधै लागि पर्ने बताउनु भएको छ । जनताका हरेक समस्यामा आफु सधै हातेमालो गर्दै जनताको सेवामा कटिबद्ध रहने कोइरलाको भनाई रहेको थियो । वडा अध्यक्ष कोइरलाले आफ्नो व्यक्तिगत खर्चमा समेत वडाको विकास गर्दै आउनु भएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्दै

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा

दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

ॐ लेख्दै वि.सं. २०७७ असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने