भाइरल इन्फेक्सनको समस्या देखिएपछि गायिका लता मंगेशकर आईसीयूमा भर्ना

प्रकाशित मिति: २६ कार्तिक २०७६, मंगलवार

स्वर किन्न्ररीको नामले परिचित भारतीय गायिका लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ । भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसो दुइ बजे उनलाई मुम्बईको ब्रीच कैन्डी अस्पतालमा भर्ना गरिएको हो । मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिका अनुसार लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा दिउँसो देखि साँझसम्म भर्ना गरिएको हो । हाल उनको स्वास्थ्यको अवस्था स्थिर छ र सुधार भइरहेको छ ।

लतालाई सोमबार दिउँसो २ बजे अस्पताल भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर भएपछि आईसीयूमा राखेर उपचार गरिएको थियो ।दिनभरको उपचारपछि घरमै राखेर उपचार गर्न सकिने सल्लाह चिकित्सकले दिएका कारण लतालाई सोमबार साँझ उनको निवास फर्काइएको छ ।

नेपाली गीतहरुमा समेत आफ्नो आवाज दिइसकेकी लता भारतीय सिनेमा जगतकी कोइली मानिन्छिन् । सनु १९२९मा भारतको इन्दोरमा जन्मिएकी उनीे भारत रत्न, पद्म बिभुषण, दादा साहेब फाल्केजस्ता सम्मानबाट समेत सम्मानित भइसकेकी छिन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्दै

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा

दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

ॐ लेख्दै वि.सं. २०७७ असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने