पर्यटन प्रबर्धन गर्न गलकोट घुम्टे महोत्सवको आयोजना

प्रकाशित मिति: २२ कार्तिक २०७६, शुक्रबार

बागलुङको गलकोट क्षेत्रलाई पर्यटकीय हबका रूपमा चिनाऊँदै गलकोटको बिकास र समृद्धिका लागिे आगामी मंसिरमा ‘गलकोट घुम्टे महोत्सव २०७६ ’ संचालन हुने भएको छ । गलकोट पर्यटन विकास केन्द्र, बागलुङले मंसिर ४ देखि ११ गतेसम्म उक्त महोत्सव गर्न लागेको हो ।

गलकोटका पर्यटकीय स्थल र संस्कृतिबारे प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटक बढाउदै क्षेत्रगत विकास गर्ने लक्ष्य रहेको गलकोट पर्यटन विकास केन्द्र बागलुङका अध्यक्ष झंक बहादुर बस्नेतले बताउनुभयो । सरकारले घोषणा गरेको नेपाल पर्यटन भ्रमण वर्ष २०२० बारे प्रचारात्मक अभियानसमेत सहयोग पुग्ने देखिएको छ ।

बागलुङ जिल्लाको गलकोट क्षेत्र भनेर चिनिने गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका ३ र ८ नम्बर वडालाई पर्यटकीय क्षेत्रको रूपमा अगाडि बढाउन महोत्सवको आयोजना गर्न लागिएको हो ।
महोत्सवमा गलकोट क्षेत्रमा रहेका पर्यटकीय स्थलहरू घुम्टे धुरी, गल्कोट दरबार, गाईघाट झरना र गुफा, उदय रीघा बुद्ध–विहार, टेउवा, सहस्र धारा, पाण्डवखानी, निलुवा, नाँच्ने डाँडाको विशेष प्रचारप्रसार र अवलोकनको लागि सहि सूचना र सहज वातावरण निर्माण गर्ने योजना रहेको छ ।

गलकोट क्षेत्रको संस्कृतिका रूपमा रहेको भुस पोल्ने मेला, सिस्नो खोस्ने मेला, घाटु नाच, साराङ नाच, सोरठी तथा मारुनी नाच, लाखे नाच तथा भजन–कीर्तनलाई महोत्सवमा विशेष प्रस्तुतिका रूपमा राखिने केन्द्रका सचिब शेर बहादुर थापाले जानकारि दिनुभयो । मेलाको आकर्षणको रुपमा राष्ट्रिय खेल भलिबल, ब्याडमिन्टन, लोकदोहोरी तथा साँस्कृतिक प्रर्दशनी रहने छन् ।

त्यसैगरी गलकोट क्षेत्रको उत्पादन ताराखोलाको आलु र दरमखोलाको असला माछा, रातो च्याउ ,अल्लोको कपडा लगायत खाद्यान्न पनि प्रदर्शन गरि विक्री गरिने आयोजकले जानकारी दिएको छ ।
महोत्सवबाट संकलित रकम गल्कोटको पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम गरिने महोत्सव सचिवालय समिति सदस्य तथा आर्थिक व्यस्थापन समिति संयोजक मञ्जु शर्माले जानकारी दिनुभयो ।

झन्डै १३ बर्षको अन्तरालमा हुन लागेको यो दोस्रो महोत्सव प्रविधिमैत्रि र युवा पुस्ताको सक्रिय सहभागितामुलक हुने सचिवालय सदस्य बिराज सुवेदिले जानाकारि दिनुभयो।गलकोट क्षेत्रमा रहेका सम्भावित पर्यटकिय गन्तब्यको पहिचान गरि पर्यटकिय सर्किट निर्माण गर्न यो महोत्त्सव सफल हुने ऊहांको विश्वास छ।मेला सञ्चालनको लागि आर्थिक व्यस्थापन गर्न केन्द्रको टोली देशका विभिन्न स्थानमा छलफलमा जुटेको हो । मेलाको मुख्य प्रायोजकको रूपमा प्रभु ग्रुप रहने काठमाण्डौ संयोजक भुपिन्द्र खत्रिले बताऊनु भयो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
कोरोना कहर : कैलालीका ७ स्थानीय तह मिलेर अस्पताल संचालन गर्दै

स्वदेशी बिजुली खपतलाई निरुत्साहन

विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो,

भारतमा भयावह बन्दै कोरोना स्थिति नियन्त्रण बाहिर जान सक्ने

त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

ॐ लेख्दै वि.सं. २०७७ जेठ १७ गते शनिवारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

महिलाले विवाह अगाडी सेक्स गरेको कसरी थाहा पाउने

अपाङ्ग घर निर्माणको लागी लट्टीनाथ निर्माण को सहयोग

रुकुम घटनाका दोषीलाई कारबाही नभए सडक देखि सदन सम्म आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी

हटिया रेडक्रस उपाशाखा को अस्थाई प्रहरी पोष्ट लाई स्वास्थ्य सामाग्री सहयोग