सोमालियामा बाढी, २५ जनाको मृत्यु

प्रकाशित मिति: २२ कार्तिक २०७६, शुक्रबार

अफ्रिकी मुलुक सोमालियामा हालैका दिनमा भएको भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बाढीबाट अरु ४७ जना घाइते भएका छन् ।

सोमालियका विभिन्न भूभागमा बाढीबाट जोगिन दुई लाख ७० हजार मानिस अन्यत्र विस्थापित भएका छन् भने जीविकोपार्जन र पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।डब्लुएचओ सोमालियाले गरेको ट्वीटमा स्थानीय मानिसलाई आतकालीन सहयोगको अत्यन्त खाँचो रहेको जनाइएको छ ।

सोमालियास्थित राष्ट्रसंघीय मानवीय सहायता कार्यालय (ओचा) ले बाढीबाट पाँच लाख ४७ हजार मानिस प्रभावित भएको जनाएको छ । भारी वर्षाका कारण शाबाले नदीमा पानीको स्तर निकै बढेको र नदी बेलेड्वेन शहरमा पसेको छ । यस शहरमा मात्र दुई लाख ३२ हजार मानिस प्रभावित भएका छन् ।

जुबा र शाबेले नदीसँगै देशका सबैजसो साना ठूला नदीमा बाढी आएको र त्यसबाट जताततै जलमग्न भएको छ ।सोमालियाको जल तथा भूसूचना व्यवस्थापन विभागले सामोलियामा अझै एक साता भारी वर्षा हुने अनुमान गरेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
काेराेनाकाे फरक गीत सार्वजनिक

कोरोना कहर : कैलालीका ७ स्थानीय तह मिलेर अस्पताल संचालन गर्दै

स्वदेशी बिजुली खपतलाई निरुत्साहन

विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो,

भारतमा भयावह बन्दै कोरोना स्थिति नियन्त्रण बाहिर जान सक्ने

त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

ॐ लेख्दै वि.सं. २०७७ जेठ १७ गते शनिवारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

महिलाले विवाह अगाडी सेक्स गरेको कसरी थाहा पाउने

अपाङ्ग घर निर्माणको लागी लट्टीनाथ निर्माण को सहयोग

रुकुम घटनाका दोषीलाई कारबाही नभए सडक देखि सदन सम्म आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी