भारतीय दूतावासकै अगाडि जलाइयो भारतको नक्सा

प्रकाशित मिति: २२ कार्तिक २०७६, शुक्रबार

काठमाडौँ राजधानीस्थित भारतीय दूतावास अगाडि भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको विरोधमा शुक्रबार प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाएका छन् । भने देशभर आन्दोलन जारी रहेको छ । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा गरिएको प्रदर्शनमा उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित नारा लगाएका थिए ।

उता भारतले भने नक्सामा नेपालको कुनै पनि भूमि नराखिएको भारतको बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले बिहीबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनका क्रममा सोधिएको प्रश्नमा नेपालसँगको सिमारेखामा कुनै हेरफेर नगरिएको दाबी गरेका छन ।’हाम्रो नक्साले भारतको सम्प्रभुतालाई देखाउँछ । नयाँ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि या हेरफेर गरिएको छैन’, उनले भने, ’नेपालसँग सिमानामा अहिलेकै व्यवस्था अनुसार सम्बन्ध रहँदै आएको छ, यसमा कुनै हेरफेर भएको छैन ।’

प्रवक्ता कुमारले भारत आफ्ना निकट छिमेकीहरुसँग द्विपक्षी सम्बन्धका क्रममा उठेका सवाललाई वार्ताद्वारा समाधानका लागि तयार रहेको पनि उल्लेख गरे । ’हामी आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न आफ्नो प्रतिबद्धता दोर्होयाउँछौं ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
घुस लिएको आरोपमा शाखा अधिकृतसहित चार जना पक्राउ

रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत

लिपुलेक, कालापानी र लिम्पियाधुरा सीमा विवाद १४ वर्षअघि नै राष्ट्रसंघमा

नेपाल र भारत सीमा विवादबारे चिनको धारणा र आफूले नेपालको सिमा नमिचेको दाबी

राईटपाथ करिएर काउन्सेलिङ् को बेलायत अध्ययन सम्बन्धि ग्रान्ड सेमिनर हेटौंडामा

वडाको विकास नै आफ्नो प्रथामिकता रहेको अध्यक्ष कोइरलाको भनाई

ॐ लेख्दै वि.सं. २०७६ कात्तिक २७ गते बुधबारको राशिफल पढ्नुहोस आजको कार्य सफल हुनेछ

सिसडोलको फोहर व्यवस्थापन गरिँदै

स्त्रीहरु सधै भगवानको पुजाआराधना किन गर्ने गर्छन ?

भाइरल इन्फेक्सनको समस्या देखिएपछि गायिका लता मंगेशकर आईसीयूमा भर्ना