आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि अन्तराष्ट्रिय स्तरको र्‍याफ्टिङ प्रतियोगिता हुने

प्रकाशित मिति: २२ कार्तिक २०७६, शुक्रबार

आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा अन्तर्रा्ष्ट्रिय स्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता हुने भएको छ । नेपाल एसोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ अन्तर्गत र्‍याफ्टिङ र कायक प्रतियोगिता हुन लागेको हो । नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले हरेक वर्ष झैँ यस वर्ष पनि नाराले कायक र कर्पोरेट र्‍याफ्टिङ रेस प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो । यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यस वर्ष भोटेकोशीमा यस्तो प्रतियोगिता गर्न लागिएको अध्यक्ष नेपालले बताउनुभयो ।
नाराले गत वर्ष लमजुङको मर्स्याङ्दी नदीमा कायक तथा र्‍याफ्टिङ रेसको प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा सालोलम, बोटर क्रस र डाउन रिभर रेस गरी तीन विधामा कायक प्रतियोगिता तथा कर्पोरेट हाउसलाई सहभागिता गराएर एक विधामा समूहगत र्‍याफ्टिङ रेस प्रतियोगिता हुनेछ । कर्पोरेट र्‍याफ्टिङ रेस प्रतियोगितामा भाग लिने टोलीलाई रु ७५ हजार दर्ता शुल्क लाग्ने नाराले जनाएको छ । र्‍याफ्टिङ रेस प्रतियोगितामा प्रथम हुने समूहलाई रु एक लाख, दोस्रो हुनेलाई रु ५० हजार तथा तेस्रो हुनेलाई रु २५ हजार नगद प्रशंसापत्र र मेडल प्रदान गरिनेछ ।

यस्तै, कायकतर्फ दर्ताशुल्क विदेशी खेलाडीलाई रु पाँच हजार ५०० र स्वदेशी खेलाडीलाई रु तीन हजार लाग्नेछ । तीनै प्रकारका कायकमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद, मेडल र प्रमाणपत्र वितरण गरिने नाराका महासचिव शिशिर खनालले जानकारी दिनुभयो । प्रतियोगितामा स्वदेश तथा विदेशका झण्डै ४०० खेलाडीको सहभागिता रहनेछ ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन लिएको उद्देश्यअनुरुप विदेशी पर्यटक नेपाल भित्र्याउन नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्वबजारमा प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्ने महासचिव खनालको भनाइ छ । सन् २००२ बाट कायक र र्‍याफ्टिङ प्रतियोगिता गराउँदै आएको नाराले पछिल्लो समय विदेशी खेलाडीलाई समेत आमन्त्रण गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यस वर्ष विदेशी ३० भन्दा बढी खेलाडीको सहभागिता हुने विश्वास नाराले लिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै ७० लाख खर्च हुने नाराले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
घुस लिएको आरोपमा शाखा अधिकृतसहित चार जना पक्राउ

रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत

लिपुलेक, कालापानी र लिम्पियाधुरा सीमा विवाद १४ वर्षअघि नै राष्ट्रसंघमा

नेपाल र भारत सीमा विवादबारे चिनको धारणा र आफूले नेपालको सिमा नमिचेको दाबी

राईटपाथ करिएर काउन्सेलिङ् को बेलायत अध्ययन सम्बन्धि ग्रान्ड सेमिनर हेटौंडामा

वडाको विकास नै आफ्नो प्रथामिकता रहेको अध्यक्ष कोइरलाको भनाई

ॐ लेख्दै वि.सं. २०७६ कात्तिक २७ गते बुधबारको राशिफल पढ्नुहोस आजको कार्य सफल हुनेछ

सिसडोलको फोहर व्यवस्थापन गरिँदै

स्त्रीहरु सधै भगवानको पुजाआराधना किन गर्ने गर्छन ?

भाइरल इन्फेक्सनको समस्या देखिएपछि गायिका लता मंगेशकर आईसीयूमा भर्ना