बाग्लुंगको गल्कोटमा छायांकन गरिएको कपलु कोरेर चर्चामा (भिडियो सहित )

प्रकाशित मिति: ५ कार्तिक २०७६, मंगलवार

जननी नेपाल,काठमाडौ

पछिल्लो समय नेपाली लोक संगीतको बजार बढ्दै गए संगै दर्शकहरु पनि लोक लयका गीतमा बढी नै आकर्षित हुन थालेका छन् l यसको पछिल्लो उदाहरण हो “कपलु कोरेर” l लाखौं परदेशीहरुको कथा व्यथा समेटिएको ‘कपलु कोरेर’ बोलको गीत यतिबेला लाखौं दर्शक स्रोताको रोजाइमा परेको छ । परदेश र परिवारसंग छुट्नु पर्दाको पिडा प्रस्तुत रहेको गीतमा खेम सेन्चुरीको लय तथा शब्द सिर्जना रहेको छ । गीतमा सेन्चुरी र गायिका सम्झना भण्डारीको सुमधुर स्वर रहेको छ।
बाग्लुंगको गल्कोटमा छायांकन गरिएको गीतमा कथा/निर्देशन गायक तथा मोडल बिनोद भण्डारीको रहेको छ भने अभिनय भण्डारी र जुना गुरुङले गरेका छन् l बिहे गरेको बर्ष दिन नबित्दै बुढा
भएका बुवा आमा र जीवन संगिनीलाई छोड्नु परेको पिडालाई पृथक शैलीमा प्रस्तुत गरिएको छ l
गीत रिलिज भएको छोटो समयमा नै गीत लाखौ दर्शक हरुको रोजाईमा परेको छ l कतिपयले दशैं तिहारको बीचमा परदेशमा रहेर यो गीत हेरेपछि आँसु बगाउँन बाध्य भएको बताएका छन् l
कपलु कोरेरलाई करन चैसिरले क्यामरामा कैद गरेका हुन् भने सम्पादन प्रविन भट्टको रहेको छ l
म्युजिक भिडियोलाई पृथ्वी ईन्टरटेन्मेन्टको अफिसियल युट्युव मार्फम सार्वजनिक गरिएको छ।

भिडियो –


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
घुस लिएको आरोपमा शाखा अधिकृतसहित चार जना पक्राउ

रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत

लिपुलेक, कालापानी र लिम्पियाधुरा सीमा विवाद १४ वर्षअघि नै राष्ट्रसंघमा

नेपाल र भारत सीमा विवादबारे चिनको धारणा र आफूले नेपालको सिमा नमिचेको दाबी

राईटपाथ करिएर काउन्सेलिङ् को बेलायत अध्ययन सम्बन्धि ग्रान्ड सेमिनर हेटौंडामा

वडाको विकास नै आफ्नो प्रथामिकता रहेको अध्यक्ष कोइरलाको भनाई

ॐ लेख्दै वि.सं. २०७६ कात्तिक २७ गते बुधबारको राशिफल पढ्नुहोस आजको कार्य सफल हुनेछ

सिसडोलको फोहर व्यवस्थापन गरिँदै

स्त्रीहरु सधै भगवानको पुजाआराधना किन गर्ने गर्छन ?

भाइरल इन्फेक्सनको समस्या देखिएपछि गायिका लता मंगेशकर आईसीयूमा भर्ना