जापानको आँधीमा ११ जनाको मृत्यु, जनजीवन प्रभावित

प्रकाशित मिति: २६ आश्विन २०७६, आईतवार
mrityu

हागिबिस नाम दिइएको शक्तिशाली आँधीका टोकियो र जापानमा आएको कारण ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति हराइरहेको उद्धारकर्मीहरुले बताएका छन् ।आँधी प्रभावित व्यक्तिहरुको खोजी र उद्धारका लागि आइतबार सेना पनि परिचालन गरिएको छ ।

आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घरहरु डुबानमा परेका छन् । जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ । आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकले बताएका छन् ।

आइतबार बिहानदेखि आँधीको वेगमा कमी आएको छ, तर मध्य जापानको नागानोमा भने बाढीको खतरा देखिएको छ । नागानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँ बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीहरुले बताएका छन् ।

जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन् । मानिसहरुले घरका झ्याल र बाल्कोनीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ ।

नागानोमा एउटा बुलेट ट्रेन माटोमा गाडिएको अवस्थामा आधा मात्र देखिएको दृश्य टेलिभिजनहरुले प्रसारण गरिरहेका छन् । नागानो शहरका एक अधिकारी यासुहिरो यामागुचीले गएराति स्थानीय ४२७ घरपरिवारका एक हजार ४१७ व्यक्तिलाई घर छाड्न अनुरोध गरिएको जानकारी दिनुभयो ।

हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । हालैका वर्षहरुमा यो निकै शक्तिशाली आँधी हो । यो आँधी प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा थियो । जापानी टेलिभिजन एनएचकेका अनुसार कम्तीमा ९९ जना घाइते भएका र एक दर्जनभन्दा बढी मानिस बेपत्ता भएका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
घुस लिएको आरोपमा शाखा अधिकृतसहित चार जना पक्राउ

रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत

लिपुलेक, कालापानी र लिम्पियाधुरा सीमा विवाद १४ वर्षअघि नै राष्ट्रसंघमा

नेपाल र भारत सीमा विवादबारे चिनको धारणा र आफूले नेपालको सिमा नमिचेको दाबी

राईटपाथ करिएर काउन्सेलिङ् को बेलायत अध्ययन सम्बन्धि ग्रान्ड सेमिनर हेटौंडामा

वडाको विकास नै आफ्नो प्रथामिकता रहेको अध्यक्ष कोइरलाको भनाई

ॐ लेख्दै वि.सं. २०७६ कात्तिक २७ गते बुधबारको राशिफल पढ्नुहोस आजको कार्य सफल हुनेछ

सिसडोलको फोहर व्यवस्थापन गरिँदै

स्त्रीहरु सधै भगवानको पुजाआराधना किन गर्ने गर्छन ?

भाइरल इन्फेक्सनको समस्या देखिएपछि गायिका लता मंगेशकर आईसीयूमा भर्ना