चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण २५ गते

प्रकाशित मिति: २२ आश्विन २०७६, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्नुहुने भएको छ । चिनियाँ राष्ट्रपति सीसँग राष्ट्रपति भण्डारीले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी तथा उहाँ नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा चिनियाँ विशिष्ट पाहुना सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नुहुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयबाट आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । चिनियाँ राष्ट्रपतिसँग नेपालका विभिन्न राजनीतिक दलका वरिष्ठ नेताहरुले बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
वार्ताका लागि विप्लवका चार सर्त : सरकार सशंकित

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण, शिलाभित्र सुन खानी रहेको किंवदन्ती

नगरपालिकाले अविवाहित महिलालाई भत्ता दिने

द्वन्द्वकालमा हिंसापीडितको बयान : नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिए

प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल नजिकिँदै

सरकारद्वारा म्यानपावर कम्पनीका कर्मचारीको विवरण माग

ॐ लेख्दै वि.सं. २०७६ कात्तिक ६ गते बुधबारको राशिफल पढ्नुहोस आजको कार्य सफल हुनेछ

हत्याकाण्डको थप कडा अनुसन्धान गर्दै एस.पि खत्री

चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा – अध्यक्ष दाहाल

बाग्लुंगको गल्कोटमा छायांकन गरिएको कपलु कोरेर चर्चामा (भिडियो सहित )