सेल्फी खिच्दा चार जनाको ज्यान गयो

प्रकाशित मिति: २१ आश्विन २०७६, मंगलवार

एजेन्सी -दक्षिण भारतीय राज्य तमिलनाडुमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा ज्यान गुमाएका छन ।
उनीहरुको सरोवरमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेर चिप्लिएका र उनले अन्यलाई पनि तानेको बताइएको छ । सो नवविवाहित पुरुषले आफ्नो बहिनीलाई बचाउन भ्याए तर बाँकी सबै डुबेका बताइएको छ । सेल्फीको मोहले हाल दुर्घटना बढेको बताइन्छ । द हिन्दू पत्रिकाका अनुसार आइतवार कृष्णागिरी को बार्गुरका नवविवाहित जोडी उथानगराइ भन्ने ठाउँमा रहेका आफन्त भेट्न गएका थिए । साथमा दुलहाका बहिनी पनि थिइन् । साथका अन्य तीन किशोरकिशोरी पनि रहेका जनाइएको छ ।

सो दुर्घटनामा १४ वर्षीय किशोर चिप्लिए र सँगसँगै १८ र १९ वर्षका दिदीलाई आफूसँगै तानेको बताइएको छ । सन् २०११ र सन् २०१७ मा विश्वभर भएका सेल्फी मृत्युको सङ्ख्या २५९ पुगेको थियो । जसमध्ये आधा भारतीय नागरिक रहेका बताइएको छ । भारतपछि धेरै सेल्फी दुर्घटना हुने देशहरूमा रुस, अमेरिका र पाकिस्तान पर्छन् ।भारतको हरियाणा राज्यमा मे महिनामा तीन किशोरहरूले रेलवे मार्गमा सेल्फी खिच्ने क्रममा अगाडिबाट आएको रेललाई छल्ने कोसिस गरेका थिए, तर विपरीत दिशाबाट आएको रेलको ठक्करबाट उनीहरूको ज्यान गएको थियो ।

सोही वर्ष ओडिसा राज्यमा एकजना पुरुषले एक हात्तीसँगै उभिएर सेल्फी खिच्दै गर्दा उक्त हात्तीले सूँढले कसेर तिनको ज्यान गएको थियो । सामाजिक सञ्जालमा अरूलाई प्रभावित गर्ने प्रयासमा मानिसहरूले जोखिमपूर्ण सेल्फी फोटो खिच्ने गरेको भन्दै त्यस्ता व्यवहारविरुद्ध जानकारहरूले चेतावनी दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
वार्ताका लागि विप्लवका चार सर्त : सरकार सशंकित

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण, शिलाभित्र सुन खानी रहेको किंवदन्ती

नगरपालिकाले अविवाहित महिलालाई भत्ता दिने

द्वन्द्वकालमा हिंसापीडितको बयान : नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिए

प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल नजिकिँदै

सरकारद्वारा म्यानपावर कम्पनीका कर्मचारीको विवरण माग

ॐ लेख्दै वि.सं. २०७६ कात्तिक ६ गते बुधबारको राशिफल पढ्नुहोस आजको कार्य सफल हुनेछ

हत्याकाण्डको थप कडा अनुसन्धान गर्दै एस.पि खत्री

चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा – अध्यक्ष दाहाल

बाग्लुंगको गल्कोटमा छायांकन गरिएको कपलु कोरेर चर्चामा (भिडियो सहित )