नेपालका शक्तिपीठहरू

प्रकाशित मिति: १८ आश्विन २०७६, शनिबार

स्कन्द पुराणको हिमवत्खण्डमा व्याख्या गरिएअनुसार धरानको विजयपुरमा भगवती दन्तकालीको शक्तिपीठ रहेको छ । भगवती सतीदेवीले दक्षप्रजापतिको यज्ञमा आफ्नो शरीरलाई यज्ञकुण्डमा हामफालेर प्राणपखेरु उडिसकेपछि भगवान् शिवले भगवती सतीदेवीको शरीरलाई लिएर लोकलोकान्तरको विचरण गर्नुभयो ।
दन्तकाली
त्यसैक्रममा नेपालको प्रसिद्ध रुद्राक्षवनमा स्थानमा सतीदेवीको दन्तपतन भएको वर्णन पाइन्छ । त्यसै सन्दर्भसँग जोडिएर दन्तकाली शक्तिपीठ स्थापना भएको मानिन्छ ।
नवरात्रमा भगवती दन्तकालीको पूजा गर्नाले जीवनमा सुख, शान्ति, समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । दन्तकाली भगवतीको मन्दिर गुम्बज र छाने शैलीको मिश्रणमा बनेको छ । मन्दिरको मध्यभागमा निसान स्थापना गरी कालरात्रिको मध्यरात्रिमा पूजा गरिन्छ । वैदिक र तान्त्रिक विधिअनुसार पूजा गरन्िछ । यस क्षेत्रमा पञ्चकन्या, पिण्डेश्वर बाबा र बूढासुब्बा आदि विभिन्न देवदेवीको मन्दिर पनि स्थापना भएका छन् ।
दक्षिणकाली
काठमाडौंको दक्षिण भागमा दक्षिणकाली भगवतीको प्राचीन शक्तिपीठ रहेको छ । हजारौं वर्ष पहिले महाकालीको वाममार्गी पद्धतिबाट पूजा गरिन्थ्यो । प्रतापमल्लले वाणगङ्गा र उद्धारवती नदीको किनारमा मन्दिरको पुनर्निर्माण गराएका अभिलेखहरू पाइन्छन् । शिलामा कलाकृतिले कुँदिएका सुन्दर सप्तमातृका, कुमारी, महेश्वरी, वैष्णवी, वाराही, इन्द्रायणी, नारसिंही, चामुण्डा, गणेश, कुमार र भैरव आदि देवताहरू विराजमान हुनुहुन्छ । सत्तल, पाटी, पौवाहरूको विभिन्न समयमा जीर्णोद्धार गरएिको छ । हिमवत्खण्ड एवं देवमाला वंशावलीमा विशद वर्णन गरेको पाइन्छ ।
तान्त्रिक लम्बकर्ण भट्टले यस मन्दिरमा पूजाको परम्परालाई व्यवस्थित गरेको अनुश्रुति पाइन्छ । ॐ श्रीश्रीश्री दक्षिणकाली प्रसन्नताले प्रकट भई ’मेरो मूर्ति बनाई मलाई स्थापना गर’ भन्ने राजा प्रतापमल्ललाई स्वप्न भयो । तिम्रो राज्यमा जनताको रोगकष्ट निवारण भई तिम्रो कल्याण हुनेछ । मलाई प्रकट गर भनी भगवतीले राजा प्रतापलाई आशिर्वाद दिनुभयो । महाकाली शक्तिलाई दक्षिणाम्नाय शक्तिको रूपमा स्थापना गरी मल्ल तथा शाहवंशी राजाहरूले दक्षिणकालीका नामले राज्यको रक्षाका निम्ति कुलदेवीका रूपमा पूजा गर्ने अद्यावधि प्रचलन रहेको छ ।
वागीश्वरी
नेपालगन्ज (बाँके) मा प्रसिद्ध मन्दिर भगवती वागेश्वरी विराजमान हुनुहुन्छ । सतीदेवीको जिब्रो पतन भएको हुनाले यस शक्तिपीठको नाम वागीश्वरी रहन गएको उल्लेख छ । ठूलो तलाउको किनारमा रहेको यो मन्दिरमा दसैंमा भक्तजनहरूको विशेष उपस्थिति हुने गर्छ ।
मनकामना
नेपालको एकीकरण, राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भावसँग जोडिएको मन्दिर गोरखा जिल्लाको पवित्र स्थल मनकामना गाविसमा मनकामना शक्तिपीठ रहेको छ । दसैंको महाष्टमीका दिन भगवतीको मन्दिरमा विशेष पूजा गरन्िछ । यिनै भगवतीको कृपा र गुरु गोरखनाथको आशिर्वादले पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्न सफल हुनुभएको इतिहासमा उल्लेख छ । यस शक्तिपीठमा सम्पूर्ण मनोकांक्षा पुरा गर्न देशविदेशबाट भक्तजनहरू वर्षभर िनै आउने गर्छन् ।
छिन्ताङदेवी
धनकुटा जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्ताङदेवीमा दसैंको विशेष उपलक्ष्यमा भक्तहरूको उपस्थिति रहने गर्छ ।
विन्ध्यवासिनी
प्राचीन विन्दुसागर, पुष्करतीर्थको नामबाट शास्त्रमा वर्णन भएको प्राकृतिक सौन्दर्यताले भरपिूर्ण माछापुच्छ्रे हिमशृङ्खलाको आँगनमा अवस्थित पोखरामा भगवती विन्ध्यवासिनीको सुन्दर मन्दिर रहेको छ । भगवतीलाई विन्दुवासिनी पनि भनेर पूजा गर्ने गरन्िछ । श्रीयन्त्रको मध्यभागमा अवस्थित विन्दुस्वरूपा भगवतीका नामले यिनको पूजा हुने गर्छ । मौद्गल्य गोत्रीय कोइरालाहरूले कुलदेवीको रूपमा पूजा गर्ने गर्छन् ।
पलाञ्चोक भगवती
अति प्राचीन सभ्यतासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाको भगवती गाविसमा यो शक्तिपीठ अवस्थित छ । वि.सं. ४२५ मा राजा मानदेवको पालामा यो शक्तिपीठको स्थापना भएको विभिन्न अभिलेखहरूबाट प्राप्त गर्न सकिन्छ । तीनतले प्यागोडा शैलीमा बनेको यो मन्दिर पश्चिम र्फकेको छ । स्वर्णमण्डित गजुरले मन्दिरको शोभा बढाइराखेको छ । मन्दिरका सबै टुँडाल, झ्याल र ढोकाहरू काष्ठकलात्मक छन् । गर्भगृहमा चौकोश आसनमा अष्टादशभुजा विविध आयुधले युक्त बायाँ खुट्टाले महिषासुरलाई कुल्चिएको स्वरुपमा भगवती पलाञ्चोक विराजमान हुनुहुन्छ ।
शैलेश्वरी, डोटी
डोटी जिल्लाको सदरमुकामा सिलगढीमा शैलेश्वरीको शक्तिपीठ रहेको छ । मन्दिरको स्थापना कहिले भएको हो भन्ने कुनै तथ्य फेला परेको छैन । पुराणमा वर्णन गरेअनुसार शैलको अर्थ पहाड र ईश्वरी भनेको पहाडकी देवी अथवा शैलपुत्री ’पार्वती’ भन्ने बुझिन्छ । मन्दिरको गर्भगृहमा शैलेश्वरी भगवती प्रस्तर मूर्तिमा विराजमान हुनुहुन्छ ।
श्रीश्रीश्री गुह्येश्वरी
ने मुनीद्वारा पालितपोषित नेपाल राष्ट्रको गौरव, शौर्यता र साहसका लागि भगवती गुह्येश्वरीको पूजा गरिन्छ । तान्त्रिक लम्बकर्ण भट्टद्वारा प्रकाशित मन्दिर छाने, मण्डपशैलीमा रहेको छ । स्कन्द पुराणको हिमवत्खण्डमा वर्णन गरेअनुसार भगवती सतीदेवीको गुह्यपतन भएको हुनाले यस स्थानलाई गुह्येश्वरी शक्तिपीठका रूपमा पूजा गरन्िछ । भगवती गुह्येश्वरीलाई लिच्छवि, मल्ल, शाहवंशीय राजपरम्परामा पनि पूजाआराधना र स्तुति गरी जीर्णोद्धार गराएको विभिन्न अभिलेखहरूमा उल्लेख छ ।
पाथीभरा, ताप्लेजुङ
ताप्लेजुङ जिल्लामा पाथीभरा भगवतीको शक्तिपीठ रहेको छ । पाथीभरा देवी भनेर कुनै आध्यात्मिक ग्रन्थहरूमा उल्लेख नगरिए पनि अन्नपूर्णालाई नै पाथीभरा भनिएको बुझिन्छ । नेपालमा यस्ता अनेकौं देवीदेवताका स्थानहरू छन्, जो नेपालीमा नामकरण भएको हुँदा धार्मिक ग्रन्थहरूमा देवीदेवताका ती नामहरू भेटिँदैनन् । यस्ता तीर्थस्थल वा देवीदेवताका नामहरू शास्त्रमा उल्लेख गर्नुभन्दा पछि फेला परेका अथवा मौलिक नेपाली नामकरण भएका हुनसक्छन् । भगवतीको एक नाम अन्नपूर्णा पनि हो । ’अन्न’सँग ’पाथी’को सम्बन्ध भएको र ’पूर्णा’ अर्थात् ’भरिएको’ अर्थ हुने हुँदा ’अन्नपूर्णा’लाई नै ’पाथीभरा’ भनिएको हो ।
केही अरु शक्तिपीठ नुवाकोटकी जाल्पादेवी, सल्यानकी कमलाक्षी, म्याग्दी गलेश्वरकी गलेश्वरी, सल्यानकी श्री छत्रेश्वरी, दैलेखकी जाल्पादेवी, बैतडीकी देवलहाट भगवती, अछाममा गजरादेवी, बाजुराकी मालिकादेवी, लम्जुङी कालिकादेवी, कालीकोटकी बढीमालिका, डोल्पाकी आदिवाला त्रिपुरासुन्दरी, दैलेखकी ज्वालादेवी, सल्यानकी भुवनेश्वरी देवी, बाग्लुङकी देवी भगवती, इलाम माइपोखरीकी नवदुर्गा, अर्घाखाँचीकी भगवती, नवलपरासी त्रिवेणीमा अवस्थित भगवती, झापाकी कन्काई भगवती, प्युठान स्वर्गद्वारीकी भगवती, तनहुँ दमौलीकी छाब्दीबाराही, फेवातालकी तालवाराही भगवती, पर्साकी विन्ध्यवासिनी, गाईघाटमा सिंहवाहिनी भगवती, कटारीकी नवदुर्गा भगवती, सप्तरीकी भगवती कंकालिनी, छिन्नमस्ता शक्तिपीठ, विराटनगरकी भगवती महाकाली, इलाम कर्फाेककी पञ्चकन्या, सोलुकी पञ्चकुमारी, हुलुकी हुलुदेवी, डडेल्धुराकी भगवती उग्रतारा, नवलपरासीकी मौलाकालिका, तानसेन पाल्पाकी भगवती, उपत्यकाभित्र प्रसिद्ध तलेजु भगवती, मैतीदेवी, शोभाभगवती, भद्रकाली, नक्साल भगवती, अन्नपूर्ण, संकटादेवी, बज्रयोगिनी, बज्रवाराही, वत्सलेश्वरी, गोरखकाली, भुवनेश्वरी, त्रिपुरासुन्दरी, महालक्ष्मी, बगलामुखी, विजयेश्वरी, चण्डेश्वरी, कालिञ्चोक भगवती, सिहंवाहिनी, वनकाली, जयवागीश्वरी, राजराजेश्वरी, नारायणी, विश्वेश्वरी, मनमैजु भगवती, तुलजा भवानी, भाटभटेनी भगवती, रक्तकाली, श्वेतकाली, ज्वालादेवी, दिग्तुलजा, हारती माता, हििरसद्धि भगवती, ज्ञानेश्वरी, पूर्णचण्डी, स्मशानेश्वरी, अष्टमातृका, धुमावती आदि पर्छन् । दसैंमा यी शक्तिपीठहरूमा भक्तजनहरूको विशेष उपस्थिति रहने गर्छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
वार्ताका लागि विप्लवका चार सर्त : सरकार सशंकित

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण, शिलाभित्र सुन खानी रहेको किंवदन्ती

नगरपालिकाले अविवाहित महिलालाई भत्ता दिने

द्वन्द्वकालमा हिंसापीडितको बयान : नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिए

प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल नजिकिँदै

सरकारद्वारा म्यानपावर कम्पनीका कर्मचारीको विवरण माग

ॐ लेख्दै वि.सं. २०७६ कात्तिक ६ गते बुधबारको राशिफल पढ्नुहोस आजको कार्य सफल हुनेछ

हत्याकाण्डको थप कडा अनुसन्धान गर्दै एस.पि खत्री

चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा – अध्यक्ष दाहाल

बाग्लुंगको गल्कोटमा छायांकन गरिएको कपलु कोरेर चर्चामा (भिडियो सहित )