एनआरएनएले गर्‍यो विद्यार्थीसँग शुभकामना साटासाटः नृत्य कलाकारहरू सम्मानित

प्रकाशित मिति: १५ आश्विन २०७६, बुधबार

एनआरएनए भिक्टोरिया,अष्ट्रेलियाले दसैं, तिहार लगायत आउँदै गरेका चाडपर्बहरु, म्ह: पूजा, नेपाल संम्वत तथा छठ पर्बका उपलक्ष्यमा विद्यार्थीसँग शुभकामना आदानप्रदान तथा अन्तकृया कार्यक्रम हालै मेल्बर्नमा सम्पन्न गरेको छ।

भिक्टोरियाका लागि नेपाली अबैतनिक महावाणिाज्य दुत चन्द्र योन्जन,गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको अध्यक्ष केशव कंडेल, उपाध्यक्ष प्रेम कंडेल, निवर्तमान अध्यक्ष टोनु घोताने, न्याभका अध्यक्ष तारा गैरे,राम गुरुङ, नारी निकुञ्ज भिक्टोरियाका संयोजक काजल किरण,एएनएमसीका अध्यक्ष डा.चन्द्र दीपक पोखरेल,डा.सावित्रा काफ्ले, गणेश कंडेल लगयतले अष्ट्रेलिया बसाइका आ-आफ्ना अनुभव सुनाउदै आगन्तुक विद्यार्थीहरुलाई शुभकामना दिनु भयो।

कार्यक्रममा उपस्थित विद्यार्थी बक्ताहरु उज्वल अधिकारी, पुष्पा खड्का, मोनिका तामाङ, अञ्जली तिमिल्सिना ,सुसान्त योञ्जन लगाएतले यस प्रकारको भेटघाट तथा अन्तर्कृया कार्यक्रमले उनिहरुलाई नेपालमै भएको महसुस गराएको तथा अस्ट्रेलियामा आशा र उत्साह बढाएको बताए।

कार्यक्रम नारायण कटुवालले सन्चालन गर्नु भएको थियो भने स्वागत मन्तब्य प्रेम कंडेल र मणीरतन सापकोटाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो। यस शुभकामना आदानप्रदान कार्यक्रमको संयोजन बविन मिश्र र तिलक सापकोटाले गर्नुभयो साथमा अनु श्रीले कविता बाचन गर्नु भयो।

विगवेली रेष्टुरेन्टमा भएको कार्यक्रमको मुख्य प्रयोजन कंडेल कन्सल्टेन्सीले गरेको थियो। उक्त कन्सल्टेन्सीका संचालक खगराज कंडेल र मुना कंडेलले विद्यार्थी भाइवहिनीहरुसँग दशैं मनाउन पाउँदा खुशी लागेको बताउनु भयो। नमस्ते रेमिट्यान्स र विगवेलीले सहयोग गरे। अस्ट्रेलियाको बृस्बेनमा हालै सम्पन्न भएको राष्ट्रिय स्तरको नृत्य प्रतीयोगितामा भिक्टोरिया राज्यबाट सहभागिता जनाई उपाधी जित्न सफल भएका कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए भने साथै उपाथि जित्न सफल भएका कलाकारहरुलाइ सम्मान पनि गरिएको थियो । संम्मानितहरु एकल तर्फ विजेता-सुमन गुरुङ, उपविजेता-जेनी गुरुङ, युगल तर्फ विजेता- वर्षा तिलिजा पुन र सुमन गुरुङ तथा सामुहिक तर्फ तृतीय- उडेन शेर्पा, सुप्रिया लामा, परिभाषा श्रेष्ठ, वर्षा र तिलिजा पुन।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
कोरोना कहर : कैलालीका ७ स्थानीय तह मिलेर अस्पताल संचालन गर्दै

स्वदेशी बिजुली खपतलाई निरुत्साहन

विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो,

भारतमा भयावह बन्दै कोरोना स्थिति नियन्त्रण बाहिर जान सक्ने

त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

ॐ लेख्दै वि.सं. २०७७ जेठ १७ गते शनिवारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

महिलाले विवाह अगाडी सेक्स गरेको कसरी थाहा पाउने

अपाङ्ग घर निर्माणको लागी लट्टीनाथ निर्माण को सहयोग

रुकुम घटनाका दोषीलाई कारबाही नभए सडक देखि सदन सम्म आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी

हटिया रेडक्रस उपाशाखा को अस्थाई प्रहरी पोष्ट लाई स्वास्थ्य सामाग्री सहयोग