डेङ्गु परीक्षण गर्न आउने बिरामीको भीड , एक हजार ३५० मा सङ्क्रमण

प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलवार

पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ ।

अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो रोग देखा परेको अस्पतातले जनाएको छ । अस्पताल तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा सो रोगको परीक्षण गराउने बिरामीको सङ्ख्या अत्यधिकरुपमा बढिरहेको छ । अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ चिकित्सक अनुप बाँस्तोलाले अस्पतालमा बिरामीको चाप अत्यधिकरुपमा बढिरहेको जानकारी दिँदै कार्यरत स्वास्थ्यकर्मीलाई बिरामीको स्वास्थ्य परीक्षण गराउन भ्याइनभ्याइ भएको बताउनुभयो ।

सोमबारमात्रै अस्पतालमा ४४८ ले सो रोगको परीक्षण गराएका थिए । तीमध्ये ३११ मा सो रोगको सङ्क्रमण देखा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएपछि अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको जनाइएको छ ।

पछिल्लो समय काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रुपमा नै देखा पर्न थालेको छ । अस्पतालमा बिरामी भर्ना गर्ने श्यया अभावसमेत रहेको छ । अस्पतालमा उक्त रोगका लागि २४ श्ययामात्र रहेका छन् । अस्पतालका निर्देशक चिकित्सक वासुदेव पाण्डेले रोगको परीक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेङ्गु हेल्थ डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अस्पतालले सोमबारबाट छुट्टै ‘फिवर क्लिनिक’समेत सञ्चालनमा ल्याएको छ, क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु गरेको छाँै ।” पछिल्लो समय सो रोगको सङ्क्रमण देशका ४८ जिल्लामा देखा परिसकेको छ । मन्त्रालयका अनुसार रोगको सङ्क्रमणका कारण तीनजनाको अकालमा मृत्युसमेत भएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
वार्ताका लागि विप्लवका चार सर्त : सरकार सशंकित

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण, शिलाभित्र सुन खानी रहेको किंवदन्ती

नगरपालिकाले अविवाहित महिलालाई भत्ता दिने

द्वन्द्वकालमा हिंसापीडितको बयान : नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिए

प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल नजिकिँदै

सरकारद्वारा म्यानपावर कम्पनीका कर्मचारीको विवरण माग

ॐ लेख्दै वि.सं. २०७६ कात्तिक ६ गते बुधबारको राशिफल पढ्नुहोस आजको कार्य सफल हुनेछ

हत्याकाण्डको थप कडा अनुसन्धान गर्दै एस.पि खत्री

चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा – अध्यक्ष दाहाल

बाग्लुंगको गल्कोटमा छायांकन गरिएको कपलु कोरेर चर्चामा (भिडियो सहित )