ललितपुरमा ईन्सिच्युटको अवैध धन्दा / नमोबुद्ध पनी अवैधानिक

प्रकाशित मिति: ७ भाद्र २०७६, शनिबार

ललितपुरमा अवैधानिक रुपमा संचालित इन्सिच्युट तथा कन्सलटेन्सी हरुको लुट धन्दा मौलाएको छ । स्वीकृती विनानै संचालनमा रहेका इन्सिच्युट तथा कन्सलटेन्सीमा प्रशासनको निगरानी नहुदा अवैध धन्दा मौलाएको हो । ललितपुरको लगनखेल पाटन अस्पताल अगाडी रहेको नमोबुद्ध एजुकेशन फाउन्डेसन समेत अवैधानिक रुपमा संचालन रहेको तथ्य खुलेको छ । भाषा तथा पुरव तयारी कक्षा संचालन गर्न शिक्षा मन्त्रालय अथवा प्रदेशमा रहेको सामाजिक मन्त्रालयबाट स्वीकृती लिनु पर्ने स्पष्ट व्यवस्था हुदा हुदै नमोबुद्धले राज्यको कानुन बिधी र प्रक्रियालाई नै चुनौती दिदै विना अनुमती बिभिन्न देशका भाषा शिक्षा कक्षा संचालन गरिरहेका छन ।

नाम फाउन्डेसनको भन्ने अनि विभिन्न भाषा कक्षा संचालन गर्ने यो कस्तो फाउन्डेसन हो नागरिकको गुनासो रहेको छ । ब्यबसाय दर्ता गरेका नमबुद्धले शिक्षण कार्यका लागी भाषा कक्षा संचालनका लागी भने कतै बाट पनी स्वीकृती लिएका छैनन् ।भाषा शिक्षा पुर्व तयारी कक्षा संचालनको लागी सामाजिक बिकाश मन्त्रालय प्रदेश ३ ले स्पष्ट निर्दा्शिका जारी गरेको एक बर्ष बिती सक्दा पनी नमोबुद्ध एजुकेशन फाउन्डेसन लगनखेल ललितपुरलाई भने कानुनको कुनै प्रवाहनै छैन । खुले आम रुपमा अबैधानिक रुपमा विभिन्न देशका भाषा कक्षा संचालन गरिरहेको नमोबुद्ध एजुकेशन फाउन्डेसन लगनखेल लाई तत्काल नियमन तथा निगरानी गर्न स्थानियले आग्रह गरेका छन । प्रशासनले तत्काल नियमन तथा निगरानी नगर्ने हो भने नमोबुद्ध को अवैध धन्दाका कारण सयौ नागरिकले दुख पाउने नागरिकको गुनासो रसेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
विप्लब निकट बिद्यार्थी को आज शैक्षिक आमहडताल / अटेर गरे भौतिक कार्वाही गर्ने चेतावनी ।

अल्पमतमा परेपछि नेपाललाई फकाउँदै ओली

अनुगमनमा मात्र १० करोड , काभ्रेमा ९७ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न दबाब

गोकर्णबाट एक अर्ब ५ करोड ८२ लाख लाभ, प्रचण्ड, देउवा, बाबुरामदेखि वामदेव र गच्छदारसम्म जोडिए नेपाल ट्रष्टको श्वेतपत्रमा

अधिकांश सम्पत्ति बिक्री गरेर नेपाल छाड्दै काँग्रेस नेतृ सुजाता कोइराला

मूल्य अत्याधिक बृद्धि भएसँगै ५ सय केजीभन्दा बढी सुन बैंकमै थन्कियो

कोरोनाविरुद्ध विमानस्थलमा उच्च सतर्कता

ॐ लेख्दै वि.सं. २०७६ फागुन १४ गते बुधवारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

ॐ लेख्दै वि.सं. २०७६ फाल्गुन १३ गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

आज मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना