कन्सलटेन्सी संचालक पक्राउ

प्रकाशित मिति: २९ श्रावण २०७६, बुधबार

हेटौंडाको स्कुलरोडमा संचालित हेटौंडा जापान बिजनेस ट्रेनिङ स्कुलका एक संचालकलाई प्रहरीले पक्राउ गरेको छ । अबैध रुपमा कक्षा संचालन गरेको अवस्थामा संचालक मध्यका एक एन्जल सत्याललाई प्रहरीले पक्राउ गरेको हो । युनिक अल्फा एजुकेशन कन्सल्टेन्सी प्रा.लि को पान नम्बर राखी हेटौंडा जापान बिजनेसको नामले यो सस्था अबैधरुपमा संचालन भैरहेको थियो । शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धि गतिविधि संचालन गर्ने यस सस्थाले हाल जापानिज भाषा पढाइरहेको छ । तर कुनैपनि निकायबाट भने यसले स्वीकृति लिएको छैन।

बारम्बार प्रशासनले बन्द गर्नु भन्दा समेत अटेर गरि कक्षा संचालन गर्ने हेटौंडा जापानका संचालक आज पक्राउ परेका हुन्। यस सस्थामा मकवानपुरका प्रमुख जिल्ला अधिकारि अस्मान तामाङ् आफैले अनुगमन गरेका थिए। अनुगमनका क्रममा अबैध रुपमा कक्षा संचालन भैरहेको अवस्थामा सिडिओले भेटेका थिए। सिडिओले अन्तिम मौका दिएर छोडेपनि अटेर गरेपछि आज प्रहरीले पक्राउ गरेको छ।

कुनैपनि इन्स्टिच्युट कन्सल्टेन्सीले अनिवार्य रुपमा सम्बन्धित निकायबाट अनुमति लिएर मात्र संचालन गर्नुपर्ने प्रावधान भएपनि हेटौंडा जापान बिजनेसले अबैध रुपमा संचालन भई बिद्यार्थीबाट चर्को शुल्क उठाउदै आइरहेको छ ।

यस अघि शैशिक परामर्श, भाषा शिक्षण, पूर्वतयारी कक्षा, ट्युसनलगाएतका गतिविधि संचालन गर्ने सस्थाले शिक्षा मन्त्रालयबाट अनिवार्य रुपमा स्वीकृति लिएर मात्र संचालन गर्नुपर्ने नियम थियो । तर अहिले शिक्षा मन्त्रालयले दर्ता प्रक्रिया बन्द गरेको छ तर प्रदेशको सामाजिक विकाश मन्त्रालयको शिक्षा शाखाले भने संचालनका लागि अनुमति दिन थालिसकेको छ । तर हेटौंडाका अधिकांस इन्स्टिच्युट र कन्सल्टेन्सी दर्ता र अनुमति बिनै संचालन भैरहेको छ ।

हेटौंडाको हेटौंडा जापान बिजनेस ट्रेनिङ स्कुलले जापानिज भाषा सिक्ने हरेक बिद्यार्थीबापत २५ हजार का दरले लिने गरेको संचालक मध्यका एक एन्जल सत्यालले केहि समय अघि बताएका थिए ।

बोर्ड,फ्लेक्स,भिजिटिङ कार्डदेखि सम्पूर्ण प्रचार सामग्री हेटौंडा जापान बिजनेस ट्रेनिङ स्कुलको राखी कार्यालय भित्रभने युनिक अल्फा एजुकेशन कन्सल्टेन्सी प्रा.लि को पान नम्बर टासिएको छ तर सम्बन्धित निकायमा न हेटौंडा जापान दर्ता छ न युनिक अल्फाले नै संचालनका लागि अनुमति लिएको छ ।

हेटौंडामा शैशिक परामर्श, भाषा शिक्षण, पूर्वतयारी कक्षा, ट्युसनलगाएतका गतिविधि संचालन गर्ने इन्स्टिच्युट, कन्सल्टेन्सी ३ दर्जन भन्दा बढी छन् तर केहिले बाहेक अधिकांसले बिना दर्ता नै संचालन गरिरहेका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
एनआरएन नागरिकताको लागि कांग्रेसले पहल गर्ने : एनपी साउद

भारतबाट ल्याउने र आन्तरिक बजारमा हुने हवाई इन्धनको आपूर्ति दुई दिनदेखि ठप्प

नेकपा का प्रदेश सभासदलाई रक्सी खानकै चिन्ता

ॐ लेख्दै वि.सं. २०७६ माघ १३ गते सोमबारको राशिफल् पढ्नुहोस आजको कार्य सफल हुनेछ

रेडियो र सहकारीको वार्षीक उत्सबमा विबीध कार्यक्रम हुने

हेटौडाको अल्फा डेन्टलको ठगी धन्दा राज्य देखी जनता सम्म

लगानी सहजताका लागि अब भन्सार पनि एकद्वार प्रणाली

आत्महत्या गर्नेको संख्या बढ्दै, ३ दिनमा ४ को ज्यान जान्छ

पाँचखाल नगरपालिका मोतियाविन्दु मुक्त बन्दै

आगो लाग्यो ? दमकल कुर्नु पर्दैन पाइप खोल्नोस्, निभाउनुहोस्