पहिरोमा परी २४ चिनियाँको मृत्यु, २७ वेपत्ता

प्रकाशित मिति: १० श्रावण २०७६, शुक्रबार

चीनको दक्षिणपश्चिमी प्रान्त क्विचोमा मङ्गलबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको र २७ जना अझै वेपत्ता रहेको स्थानीय अधिकारीले शुक्रबार जानकारी गराएका छन् । शुक्रबार दिउसो १ बजेसम्म स्थानीय प्रशासनबाट प्राप्त सूचना अनुसार पहिरोमा परी २४ जनाको मृत्यु भएको र २७ जना घाइते भएका छन् भने २२ परिवारका ७७ जना पूर्णरूपमा विस्थापित भएका छन् ।
उक्त स्थानमा आठ जना भ्रमणमा आएका पर्यटक र केही श्रमिकहरूसमेत रहेको भन्ने सूचना प्राप्त भएको छ ।

उद्धारकर्ताहरूले पहिरोमा परी वेपत्ता चिनियाँहरूको खोजी गरिरहेका बताइएको छ । पहिरोमा परी घाइते अवस्थामा उद्धार गरिएका कम्तीमा ११ जनालाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ । लिउपान्सी शहर नजिकैको एक ग्रामिण वस्तीमाथिबाट मङ्गलबार राति ९ बजेर २० मिनेट जाँदा गएको पहिरोले २१ घरहरूलाई पुरेको स्थानीय अधिकारीले बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
काेराेनाकाे फरक गीत सार्वजनिक

कोरोना कहर : कैलालीका ७ स्थानीय तह मिलेर अस्पताल संचालन गर्दै

स्वदेशी बिजुली खपतलाई निरुत्साहन

विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो,

भारतमा भयावह बन्दै कोरोना स्थिति नियन्त्रण बाहिर जान सक्ने

त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

ॐ लेख्दै वि.सं. २०७७ जेठ १७ गते शनिवारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

महिलाले विवाह अगाडी सेक्स गरेको कसरी थाहा पाउने

अपाङ्ग घर निर्माणको लागी लट्टीनाथ निर्माण को सहयोग

रुकुम घटनाका दोषीलाई कारबाही नभए सडक देखि सदन सम्म आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी