एक्सपर्टको देशैभर मानव तस्करी गर्ने अखडा / स्वीकृती विनै अष्ट्रेलियाको भ्रम छर्दै पैशा लुट्दै

प्रकाशित मिति: ३० असार २०७६, सोमबार

एक्सपर्ट कन्सनेलटेन्सि को देशै भर मानव तस्कर गर्ने अखडा रहेको खुलसा भएको छ । पुर्वको बिर्तामोड पश्चिमको नेपालगन्ज देखी मध्यको नारायणगढ को लाईन्सचोक पोखराको नया बजार हेटौडाको पारिजातपथ सम्म मानव तस्करका लागी कार्यलय संचालनमा रहेको हो । विद्यार्थीहरुलाई गलत सूचना दिएर नेपाली विद्यार्थीहरुलाई लुट्ने कार्यमा एक्सपर्ट अग्रपंक्तिमा देखिएको केहि साता अघी अश्ट्रेलियामा नेपालको एक टेलिभिजनको कार्यक्रम मार्फत खुलसा भएको थियो ।
देशका हरेक शहरमा विना स्वीकृती संचालनमा रहेको एक्सपर्टले बिभिन्न भ्रम छर्दै सम्बन्धन प्राप्त नभएका अश्ट्रेलियाको कलेजमा पठाउने भन्दै आफ्नो लुट धन्दा संगै मानव तस्करीको जालो बनाएको हो ।

आफुलाई नाम चलेका कन्सल्टेन्सी मध्ये एक्सपर्ट एक हो भन्दै भ्रामक बिज्ञापन गरी नागरिकलाई फसाउन एक्सपर्ट अब्बल देखिएको छ । एक्सपर्टले हाल सम्म सबैभन्दा धेरै विद्यार्थीहरुलाई ठगेर लुटेको तथ्य बिभिन्न संचार माध्यममा आई रहेको छ । देशका प्रमुख शहरहरुमा बिभिन्न होडिङ बोर्ड राखी नागरिकलाई गुमराहमा राख्दै भ्रम छर्दै आईरहेको एक्सपर्टले आफ्नो नाम भजाउन आफ्नो लगानिमा सरकारी कार्यालयका सुचना शन्देश समेत प्रवाह गर्ने गरेको छ । देशका बिभिन्न शहरमा ट्राफिक प्रहरी नेपाल प्रहरीलाई प्रलोभनमा पारी ति कार्यालय हरूको सुचना आफ्नो नाम सित जोडेर गर्ने गरेको खुलशा भएको छ ।
विना अनुमती हेटौडामा संचालन रहेको एक्सपर्ट एजुकेशन एण्ड भिशा सर्भीस ले पनी हेटौडाका बिभिन्न क्षेत्रमा ट्राफिक शन्देशको सुचना आफ्नो नाम सित जोडेर प्रचार गरि रहेको छ । अबैधानिक निकाय सित नेपाल सरकार अन्तर्गतको प्रशासनीक कार्यालयले सहकार्य गर्नुले प्रशासनको नियत माथी पनी प्रश्न खडा भएको छ ।
बिभिन्न तिकडम गर्दै प्रशासनलाई समेत प्रलोभनमा पार्दै एक्सपर्टले सम्बन्धन प्राप्त भन्दै भ्रामक बिज्ञापन गरी बिद्यार्थी झुक्याउने कार्य गरिरहेको छ । यस्कै कारण एआइबिटीमा अध्ययनरत झण्डै एक हजार नेपाली विद्यार्थीको भविष्य अन्यौल बन्दै गएको छ अष्ट्रेलियामा ।

विद्यार्थीहरुले कलेज प्रशासनसंग पटक पटक छलफल गरेपनि कुनै नतिजा निस्किन सकेको छैन । लाखौ रुपैया खर्च गरेर अष्ट्रेलिया पढ्न आएका ती विद्यार्थीको भविष्य अब के होला कलेज प्रशासनसंगको छलफलबाट कुनै समाधान ननिस्किएपछि एआइबटीका विद्यार्थीले अन्तराष्ट्रिय विद्यार्थीहरुको साझा काउन्सिल सिसामा उजुरी गरेका छन् । एआइबिटी बारे विद्यार्थीहरुको थुप्रै गुनासा आएको सिसाका अध्यक्ष विजय सापकोटाले पुष्टी गरे । ‘हामीलाई थुप्रै विद्यार्थी साथीहरुले उजुरी गर्नुभएको छ’ सापकोटाले भने ‘त्यसमा के भएको हो हामी छानविन गरिरहेका छौ’ ।

एआइबिटी कलेजमा अध्यनरत सयौ नेपाली विद्यार्थीको गुनासो सार्वजनिक भएपछि क्यानवेरास्थित नेपाली दुतावास पनि गम्भिर बनेको छ । दुतावासले अष्ट्रेलियाको शिक्षा विभागमा पत्र पढाइ एआइबिटी बारे छानविन गर्न माग गरेको छ ।‘हामीले एआइबिटी बारे छानविन गर्न शिक्षा विभागलाई पत्र लेखेका छौ – कार्यवहाक राजदूत दुरपदा सापकोटाले भनिन् – ‘यस बारे छिटै टुंगो लाग्नेछ’ ।

शिक्षा विभागले अन्य निकायसंग छलफल गरि कारवाही अगाडी बढाउने जवाफ पठाएको कार्यवाहक राजदुत सापकोटाले जानकारी दिए । विद्यार्थीहरुलाई नआत्तिन पनि दुतावासले अनुरोध गरेको छ ।आफ्ना विद्यार्थीले सामाजिक संजालदेखि विद्यार्थी काउन्सिलसम्म उजुरी र गुनासा गर्न थालेपनि अष्ट्रेलियन इष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी एआइबिटीले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
एक्सपर्ट बाट ठगिएका हरुको दैनिकी गुनासोहरु आई रहंदा यता प्रशासन मौन बस्नाले एक्सपर्टलाई मानव तस्करीको कार्य गर्न छुट भएको छ । अन्तराष्ट्रिय बजारमा एकस्पर्ट बिवादित रहंदा हेटौडामा भने एक्सपर्ट कन्सलटेन्सि एण्ड भिषा सर्भीसले अनुमति विनानै मानव तस्करको कार्यलाई निर्वाध संचालन गरिरहेको छ ।
एक्सपर्ट अनुमति विना संचालन गरि बिद्यार्थी लुट्ने काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी परेको १५ दिन बिति सक्दा पनी कार्वाही हुन सकेको छैन । प्रशासनलाई नै अटेर गर्दै एक्सपर्ट हेटौडाको मानव तस्करिको धन्दा चलिरहेको छ भने यता सामाजिक विकास मन्त्रालय अन्तर्गत को शिक्षा शाखाले समेत एक्सपर्टको अबैध धन्दालाई नियालि रहेको छ ।
प्रशासनले यस्तो मानव तस्करी गर्ने संस्थालाई कार्वाही नगर्ने हो भने हजारौ नागरिकले दुख पाउने स्थानियको गुनासो रहेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
घुस लिएको आरोपमा शाखा अधिकृतसहित चार जना पक्राउ

रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत

लिपुलेक, कालापानी र लिम्पियाधुरा सीमा विवाद १४ वर्षअघि नै राष्ट्रसंघमा

नेपाल र भारत सीमा विवादबारे चिनको धारणा र आफूले नेपालको सिमा नमिचेको दाबी

राईटपाथ करिएर काउन्सेलिङ् को बेलायत अध्ययन सम्बन्धि ग्रान्ड सेमिनर हेटौंडामा

वडाको विकास नै आफ्नो प्रथामिकता रहेको अध्यक्ष कोइरलाको भनाई

ॐ लेख्दै वि.सं. २०७६ कात्तिक २७ गते बुधबारको राशिफल पढ्नुहोस आजको कार्य सफल हुनेछ

सिसडोलको फोहर व्यवस्थापन गरिँदै

स्त्रीहरु सधै भगवानको पुजाआराधना किन गर्ने गर्छन ?

भाइरल इन्फेक्सनको समस्या देखिएपछि गायिका लता मंगेशकर आईसीयूमा भर्ना