गन्तव्यको अवैध धन्दा ट्युसन देखी कम्प्युटर सम्म जापान देखी शिक्षा आयोग सम्म

प्रकाशित मिति: २८ असार २०७६, शनिबार

हेटौडा उपमहानगर पालिका- २ पल्पसारोडमा संचालित गन्तब्य ट्युसन सेन्टरले विना स्वीकृत बिभिन्न बिषय पढाउने कार्य गरिरहेको खुलसा भएको छ ।
पल्पसारोडको झपेन्द्र स्मृती भबनमा संचालित गन्तव्य ट्युसन सेन्टरले हाल सम्म पनी सम्बन्धित निकाय बाट स्वीकृती नलिई धमाधम विभिन्न कक्षा संचालन गरीरहेको छ ।
मकवानपुरको बिभिन्न सरकारी बिद्यालयका प्र अ हरुको संल्ग्नतामा संचालित गन्तव्यमा बाल ज्योती मा बी का प्र अ श्रीराम दहाल शारदा उच्च मावि का प्र अ इन्द्र कार्की सरकारी शिक्षक सिताराम दहाल एवम् राजेश अधिकारीको संल्ग्घनतामा अनुमती विना गन्तव्य ट्युसन सेन्टर संचालनमा रहेको हो ।
बिभिन्न सरकारी विद्यालयमा कार्यरत शिक्षकहरुबाट नै अनुमती बिना यस्ता कार्य संचालन गर्नुले राज्यको निती नियमलाईनै चुनौती दिएको जानकारहरु बताउछन ।
गन्तब्य ट्युसन सेन्टरले आफ्नो विज्ञापन वर्क एट जापान भन्दै भ्रामक विज्ञापन समेत गरेको पाईएको छ ।
नेपाल सरकार सामाजिक विकास मन्त्रालय शिक्षा साखालाई नै चुनौती दिदै गन्तव्य ट्युसन सेन्टरले कम्प्युटर कक्षा समेत संचालन गरिरहेको छ । कम्प्युटर कक्षा संचालन गर्न सि टि इ भि टी बाट अथवा आन्तरिक मामिला मन्त्रालय बाट स्वीकृती लिनु पर्ने प्रावधान रहेको छ तर गन्तव्यले यो कुनै पनी निकाय बाट स्वीकृती लिएको नलिएको सम्बन्धीत स्वीकृती प्रदान गर्ने निकायले बताएको छ ।
सरकारी विद्यालयमा बहालवाला शिक्षकलेनै यसरी अबैधानिक रुपमा शिक्षण संस्था संचालन गर्नु कानुन विपरित हुने शिक्षाविदहरुको भनाई रहेको छ ।
एउटै छानामुनी ट्युसन देखी लोकसेवा सम्म जापान देखी कम्प्युटर सम्म पढाउने अधिकार गन्तव्यलाई कस्ले दियो नागरिकको गुनासो रहेको छ । कैले जापान त कैले ट्युसन कैले कम्प्युटर त कैले शिक्षा आयोग भन्दै बिध्यार्थी बाट उठाएको पैशाको राज्यलाई के कती कर तिरेको छ यो पनी छानविन हुन जरुरी रहेको स्थानियको माग रहेको छ । स्वीकृती विनानै यसरी सरकारी शिक्षकहरु बाटनै अबैध धन्दा हुनु र नियमन तथा निगरानी गर्ने निकाय मुन बस्नुले देशमा कानुनिराज्य भन्दा पनी मनमानी राज्य खडा हुदै गरेको अनुभुती भएको नागरिकको गुनासो रहेको छ ।
अबैध रुपमा संचालित ट्युसन सेन्टर ईन्सिच्युट तथा कन्सलटेन्सि को नियमन तथा निगरिनी सहितको अनुगमन गर्न जिल्ला शिक्षा ईकाइ कार्यालय मकवानपुरका प्रमुख लिलानाथ गौतमको संयोजकत्वमा अनुगमन समिती नै छ तर आफै निकटका बिद्यालय प्र अ हरुले अनुमती विनानै गन्तव्य ट्युसन सेन्टर संचालन गरिरहंदा इकाई प्रमुख गौतमले नदेखे झै गर्नुले गौतमको पनी सेटीङमा अवौध रुपमा गन्तव्य ट्युसन सेन्टर संचालन रहेको आरोप लाग्ने गरेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
घुस लिएको आरोपमा शाखा अधिकृतसहित चार जना पक्राउ

रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत

लिपुलेक, कालापानी र लिम्पियाधुरा सीमा विवाद १४ वर्षअघि नै राष्ट्रसंघमा

नेपाल र भारत सीमा विवादबारे चिनको धारणा र आफूले नेपालको सिमा नमिचेको दाबी

राईटपाथ करिएर काउन्सेलिङ् को बेलायत अध्ययन सम्बन्धि ग्रान्ड सेमिनर हेटौंडामा

वडाको विकास नै आफ्नो प्रथामिकता रहेको अध्यक्ष कोइरलाको भनाई

ॐ लेख्दै वि.सं. २०७६ कात्तिक २७ गते बुधबारको राशिफल पढ्नुहोस आजको कार्य सफल हुनेछ

सिसडोलको फोहर व्यवस्थापन गरिँदै

स्त्रीहरु सधै भगवानको पुजाआराधना किन गर्ने गर्छन ?

भाइरल इन्फेक्सनको समस्या देखिएपछि गायिका लता मंगेशकर आईसीयूमा भर्ना