एक्सपर्टको देशैभर अवैध धन्दा/ प्रशासन निरिह मन्त्रालय चपेटामा

प्रकाशित मिति: २६ असार २०७६, बिहीबार

हेटौँडा- हेटौँडामा शाखा कार्यालयको नाम दिएर अवैध धन्दा गरिरहेको एक्सपर्ट कन्सल्टेन्सी एण्ड भिसा सर्भिसेजले अझैपनि अष्ट्रेलियाको सपना बाँड्दै ठगी गरेको खुलासा भएको छ ।
एक्सपर्टले काठमाण्डौँ, पोखरा, चितवन लगायत स्थानमा समेत भिसा सर्भिसको नाामा अनुमति विना नै अवैध कारोबार गर्दै आएको र हाल हेटौँडामा पनि आफ्नो धन्दा विस्तार गरिरहेको पाइएको छ । प्रशासनले पटक पटक नियमन तथा निगरानी गर्दा समेत प्रशासनलाई अटेर गर्दै एक्सपर्टले आफ्नो अबैध धन्दा लाई नियभित गरेको छ ।

केही समय अघि शिक्षा मन्त्रालयले क्लिन चिट नआएसम्म एक्सपर्टसँग कुनै पनि प्रकारको काम कारवाही नगर्न नगराउन पत्र नै काटेको समेत श्रोतले बताएको छ । यसै क्रममा हेटौँडामा पनि विना अनुमति राजनैतिक र प्रशासनिक पहुँचको प्रयोग गरेर कन्सल्टेन्सी सन्चालन गरेपछि प्रशासनले चासो राखेको थियो । तर प्रशासनले बन्द गर्नु भन्ने सूचना जारी गरि सावधान गर्दा समेत अझै एक्सपर्ट सन्चालन गरिरहेको पाएपछि एक्सपर्ट विरुद्ध प्रशासनमा उजुरी परेको हो।

एक्सपर्ट कन्सल्टेन्सीले हेटौँडा ४ पारिजात पथमा सन्चालन गरेको कार्यालयको हाल सम्म कुनै पनि तहको अनुमति छैन । यसरी अवैध रुपमा शैक्षिक संस्था सन्चालन गरेको भनेर जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी परेको छ । प्रशासनलाई पनि अटेर गर्ने एक्सपर्टको ठूलै राजनीतिक पहुँच भएको बुझिएको छ ।

देशका मुख्य मुख्य शहरका केन्द्रहरुमा शाखा स्थापना गर्ने तथा राज्यलाई नै चुनौती दिदै विना स्वीकृती संचालन गरिरहेको एक्सपर्ट कन्सलटेन्सिले अस्ट्रेलिया पठाएका अधिकास बिध्यार्थीले अस्ट्रेलियामा समेत दुख पाएको र बिजोग भएको गुनासो गरेका छन ।
एक्सपर्टका कारण सयौ बिद्यार्थीले दुख पाएको, सयौँ बिद्यार्थी ठगी गरेको आरोप लागे पछी अष्ट्रेलियामा एक्सपर्टको कारणले दुःख पाएका पिडितहरुको सामूहिक गुनासोमा नेपालको चर्चित एक टेलिभिजनले उक्त ठगीको विषय उठान गरि सरकारलाई पटक पटक घच्घच्चाएपछि सरकारले एक्सपर्टलाई अनुसन्धानको घेरामा राखेको थियो । साथै एक्सपर्टलाई यस्ता काम कारवाहि सन्चालन नगर्न निर्देशन समेत शिक्षा मन्त्रालयले दिएको थियो ।

रामचन्द्र अधिकारीले शिक्षा मन्त्रालयले एक्सपर्टलाई कुनै पनि कार्य नगर्न नगराउनेबारे मातहतका निकायमा गरेका पत्र बारे स्विकार समेत गरेका छन । उनले यसबारे आफुहरुले कानूनि बाटोको लागि अदालत पुगेको समेत बताएका छनु । एक्सपर्टलाई विभिन्न जिल्लामा विस्तार गर्न देशको ठूला व्यवसायीहरुको समेत लगानी रहेको एक्सपर्टका संचालक मध्येका एक निर्देशक डिल्लिराम अधिकारी भनिने रामचन्द्र अधिकारीले नै बताएका छन् ।
विना स्वीकृतीनै देशका मुख्य मुख्य शहरमा संचालन रहेको एक्सपर्ट कन्सलटेन्सिको बिरुद्धमा बिभिन्न निकायमा मुद्धानै दायर भएको तथ्य सहित एक्सपर्टले ठगी गरेको भन्दै केही बिज्ञहरूले एक्सपर्ट लाई स्वीकृती नदिन समेत सामजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा शाखालाई सुझाब दिएका छन ।

यता सामाजिक विकाश मन्त्रालय को शिक्षा शाखा प्रदेश नम्बर ३ को कार्यालयले स्वीकृती दिने प्रयोजनको लागी एक्सपर्ट हेटौडा साखाको अनुगमन गरिसकेको छ । राज्यको एउटा निकायले कार्वा्हिको दायरामा राखेको संस्थालाई राज्यको अर्को निकायले स्वीकृती दिने हो भने कानुनको नै धज्जी उडाउने खेल भएको एक्सपर्ट पिडितहरूले बताएका छन ।
यसबारे सामाजिक विकास मन्त्रालयका उपसचिव खुबिराम अधिकारीले एक्सपर्टको बारेमा आफुहरुले फलोअप गरिरहेको र यो सबै प्रक्रियामा रहेको बताए । एक्सपर्टको हेटौँडा शाखामा पनि अनुगमन गरिसकेका छौँ, केन्द्रसँग समन्वय गरेर मात्र अनुमति प्रक्रियाका विषयमा अगाडि बढ्ने मन्त्रालयका खुबिराम अधिकारीले बताए ।

यी र यस्ता जनता ठग्ने शैक्षिक संस्थालाई कारवाहिको सट्टा अनुमति दिने हो भने आफ्नो बच्चाहरुको उज्ववल भविष्यका लागि पढाइमा लगानि गर्ने हामी जस्ता अभिभावहरुलाई सह्य नहुने एकजनाले बताए । राज्यको नितीलाई नै वेवास्ता गर्दै खुलेआम रुपमा अबैध रुपमा संचालित एक्सपर्ट लाई नियमन तथा निगरानी गर्न भने प्रशासनले सकेको छैन ।
यता एक्सपर्टले काउन्सेलिङको नाममा पासपोर्ट समेत जम्मा पारेर मेनपावरको समेत कार्य गर्ने एक्सपर्ट जस्ता दर्जनौँ शैक्षिक संस्थामाथि संघीय शिक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्थानीय प्रशासनले के कस्तो कारवाही गर्लान् नागरिकले चासोका साथ हेरिरहेका छन् ।
एक्सपर्ट हेटौडाले विना स्वीकृत संचालन गरेको सयौ बिध्यार्थीबाट मन लाग्दी रकम असुलेका कारण एक्सपर्ट हेटौडालाई कार्वाही गर्न स्थानियले आग्रह गरेका छन ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
घुस लिएको आरोपमा शाखा अधिकृतसहित चार जना पक्राउ

रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत

लिपुलेक, कालापानी र लिम्पियाधुरा सीमा विवाद १४ वर्षअघि नै राष्ट्रसंघमा

नेपाल र भारत सीमा विवादबारे चिनको धारणा र आफूले नेपालको सिमा नमिचेको दाबी

राईटपाथ करिएर काउन्सेलिङ् को बेलायत अध्ययन सम्बन्धि ग्रान्ड सेमिनर हेटौंडामा

वडाको विकास नै आफ्नो प्रथामिकता रहेको अध्यक्ष कोइरलाको भनाई

ॐ लेख्दै वि.सं. २०७६ कात्तिक २७ गते बुधबारको राशिफल पढ्नुहोस आजको कार्य सफल हुनेछ

सिसडोलको फोहर व्यवस्थापन गरिँदै

स्त्रीहरु सधै भगवानको पुजाआराधना किन गर्ने गर्छन ?

भाइरल इन्फेक्सनको समस्या देखिएपछि गायिका लता मंगेशकर आईसीयूमा भर्ना