अन्तर्रा्ष्ट्रिय कलाकार मञ्च अमेरिकाको पुनर्गठन

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

अमेरिकामा दर्ता भएर संसारका विभिन्न देशहरुमा शाखा विस्तार गरेको अन्तर्रा्ष्ट्रिय कलाकार मञ्च, अमेरिकाको केन्द्रीय समिति पुनर्गठन गरिएको छ । गीत,संगीत, कला,साहित्य र लोक,संस्कृतिका लागि विगत एक दशकदेखि कार्यरत कलाकारहरुको अन्तर्रा्ष्ट्रिय स्वतन्त्र संगठनमा सिनियरदेखि जुनियरसम्म र अमेरिकादेखि नेपाली कलाकारसम्म समेटिएका छन् ।
अन्तर्रा्ष्ट्रिय कलाकार मञ्चलाई अमेरिकामा स्थापना गरि यसको संस्थागत विकासमा सुरुवातदेखि नै योगदान पुर्‍याउँदै आएका लोक तथा दोहोरी गायक, साहित्यकार एवं पत्रकार रामप्रसाद खनाल सर्वसम्मत रूपमा केन्द्रीय अध्यक्षमा चयन भएका छन् । भने, उपाध्यक्षमा शिवहरी पौडेल, गणेश उप्रेती, जल शाह, सारङ्गा श्रेष्ठ र पूजा चन्द छानिएका छन् ।
फिल्म निर्देशक तथा पत्रकार सुरेश दर्पण पोखरेल महासचिव र गीतकार एवं साहित्यकार प्रकाश नेपाल सचिवमा चयन भएको मञ्चले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कोषाध्यक्षमा भने साहित्यकार भूपनारायण घर्ति मगर चयन भएका छन् । केन्द्रीय कार्य समितिको बोर्ड अफ डाइरेक्टर तथा सल्लाहकारमा विभिन्न विशिष्ट व्यक्तिलाई समेटिएको छ ।
केन्द्रीय समितिको पुनर्गठनसँगै केन्द्रीय अध्यक्ष एवं संस्थापक खनालको उपस्थितिमा दुई महिनाभित्र नेपाल शाखा पुनर्गठन गर्ने तयारी भएको महासचिव पोखरेलले जानकारी दिएका छन् । अन्तर्रा्ष्ट्रिय कलाकार मञ्चका काम कार्वाहीलाई प्रभावकारी बनाउन अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहने गरि विशेष अधिकार प्राप्त केन्द्रीय सचिवालय समेत बनाइएको छ ।
महासचिव पोखरेलले मञ्चले ’एक वर्ष्भित्र अमेरिकामा अन्तर्रा्ष्ट्रिय कलाकार मञ्चको आयोजनामा अमेरिका स्तरिय कलाकार सम्मेलन गर्ने, सोही सम्मेलनलाई अन्तर्रा्ष्ट्रिय कलाकार मञ्चको साधारण सभाको रूप दिँदै विधानलाई आवश्यक संशोधनसहित पूर्णता दिने, दुई वर्ष्भित्र अन्तर्रा्ष्ट्रिय कलाकार मञ्चकै आयोजनामा नेपालमा अन्तर्रा्ष्ट्रिय कलाकार सम्मेलन गर्ने’ योजना पनि अगाडि सारेको बताए ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
वार्ताका लागि विप्लवका चार सर्त : सरकार सशंकित

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण, शिलाभित्र सुन खानी रहेको किंवदन्ती

नगरपालिकाले अविवाहित महिलालाई भत्ता दिने

द्वन्द्वकालमा हिंसापीडितको बयान : नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिए

प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल नजिकिँदै

सरकारद्वारा म्यानपावर कम्पनीका कर्मचारीको विवरण माग

ॐ लेख्दै वि.सं. २०७६ कात्तिक ६ गते बुधबारको राशिफल पढ्नुहोस आजको कार्य सफल हुनेछ

हत्याकाण्डको थप कडा अनुसन्धान गर्दै एस.पि खत्री

चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा – अध्यक्ष दाहाल

बाग्लुंगको गल्कोटमा छायांकन गरिएको कपलु कोरेर चर्चामा (भिडियो सहित )