हेर्नुहोस नेपालकै पहिलो उठेर सितार बजाउने महिला सिता मैया राजचलको सितार बजाउने सैलि ( भिडियो सहित )

प्रकाशित मिति: २ मंसिर २०७५, आईतवार

भक्तपुरमा  जन्मथलो अनि थानकोट बस्दै आउनुभएकी  नेपालकै पहिलो उठेर सितार बजाउने महिला सिता  मैया राजचल आज जननि नेपालको अथितिको रुपमा आउनुभएको छ । नेपालको नाम उच्च राख्दै देश बिदेशमा आफ्नु प्रस्तुतिको कारण चर्चित हुनुभएकि सिता मैया राजचल जि सगको मिठो कुराकानी प्रस्तुत गर्दै छौ ।

स्वागत छ सिता जि जननी नेपालमा हजुरलाई 

– हस धन्यवाद सर्व प्रथम यस जननि नेपालका सम्पुर्ण कार्य युनिट लाई धन्यवाद ग्यापन गर्न चाहन्छु ।

तपाई यस सांगीतीक क्षेत्रमा लाग्नुभएको कति भयो र यो क्षेत्र कहाँ बाट सुरु गर्नु भयो ?

-मैले यस सांगीतीक क्षेत्रमा प्रबेश गरेको तेत्तीस बर्ष भयो । सानो छँदा म भजन र्कितन गाउने हारमोनियम बाजाउने गर्दथे  यसरीनै भजन गाउदै जादा म एक दिन ललिता ताम्राकारको घरमा पुगे उहाँ तत्कालिन प्रख्यात तवला बाजकको भतिजि हुनुहुन्थियो । उहाँँको घरमा मैले सितार देखे देख्ना साथ बजाउने रहर लाग्यो र म हरेक दिन एक घण्टा उहाको घरमा गएर सितार बजाउथे त्यस समय म कक्षा ८ मा अध्यनरत थिएँ । एस .एल. सि. पछि मैले ललित कला  क्याम्पसमा पढाई सुरु गरेर   गायन क्षेत्र तिर लागे तर क्याम्पसमा पुरानै राग दोर्होयाउनु पर्ने भयो र मैले सितार बजाउने निणय गरे ।

तपाई सांगीतीक क्षेत्र तिरै हुनुहुन्छ कि अरु कुनै ब्यवसाय वा कुनै काम गर्नुहुन्छ ?

– म हाल राष्ट्रिय नाचघरमा सितार बादकको रुपमा कार्यरत छु । संगीत बाहेक अरु केहिमा ध्यान नजाने भएकोले मैले यसैलाई पेसा र कामको रुपमा निरन्तरता दिरहेको छु ।

तपाईले पछिल्लो समय रिलिज गर्नु भएको कुनै एक म्युजिक भिडियोको बारेमा थोरै बताइदिनुहोसन ?

– मेरो पछिल्लो समय रिलिज भएको म्युजिक भिडियो द जर्नि हो यसको सिडिको नाम जर्नि अन फ्रेट्स  हो जस भित्र मैले बजाएको 8 धुन समावेश गरीएको छ । यो म्युजिक भिडियो २०७५ असोज ५ गते शुक्रबार सयुंक्त राज्य अमेरीका बाट आउनु भएका सान्त रोजा काष्ठमण्प लाइन्स क्लबका अध्यक्षय नारायण सोमनामे ज्यु को हात बाट बिमोचन गरीएको थियो ।

तपाईको बिचारमा संगीत के हो ?

-संगीत केवल मनोरञ्नको साधन मात्र होइन यसले मानिसको मन सान्त बनउनुको साथै कुनै रोगको पनि निवारण गर्न सक्छ ।

अन्तमा संगीत क्षेत्रमा लाग्न चाहने हरुको लागी के भन्न चाहनु हुन्छ ?

-संगीत पबित्र र आनन्दमय छ यसलाई सहि ढंग बाट अगाडि बढाउनुहोस बिदेशि परम्परा संगीतमा नभित्राउन अनुरोध गर्दछु हस धन्यवाद  ।

https://m.facebook.com/story.php?story_fbid=10155521067271046&id=701006045


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
मिथला अन्चलामा आज कर्मा धर्मा पर्ब भब्यताको साथ मनाउदै

नेपाली कथानक चलचित्र टुल्की को फस्ट लुक तथा टिजर सार्वजानिक

अनुसासन नै बाल बालिका तथा विद्यार्थी हरूको गहना : मौलाना मशहूद

पर्सा प्रहरीले २ महिनामा २ करोड ५० लाखको राज्शव बुझायो

बम पड्काएर सर्बासाधारण त्रास बनाउने गिरोहका नाईके अंसारी पर्सा प्रहरीको कब्जामा

आफनो बनाएर दर्जनौं ब्यक्तीलाई ठगी गरेको पीडितको आरोप ठगलाई कार्बाहीको माग

लिलामी सुर्ती र चिनी बील देखाएपछि छाडियो

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मनायो ५९ औं वार्षिकोत्सव

उपाध्यक्ष फातिमालाई प्रचण्डको जवाफ: राष्ट्रिय सहमति नभई एमसीसी पास हुँदैन

एम सि सि उपाध्यक्ष को बिरोध हुनसक्ने भन्दै ५४ जना पक्राउ